गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
विराटनगर । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ‘इन्डियन आइडल’ तेस्रो संस्करणका विजेता तामाङको ४२ वर्षको उमेरमा भारतको दिल्लीमा निधन भएको हो । हृदयघातको कारण उनको मृत्यु भएको जनाइएको छ ।
उनको निधनको खबर संगीतकार राजेश घतानीले सार्वजनिक गरेका हुन् । उनले गाएका धेरै नेपाली गीतहरू चर्चित छन् । गायनसँगै अभिनयमा पनि सक्रिय रहेका तामाङले केही नेपाली चलचित्रमा पनि अभिनय गरेका थ...































