संगालोखबर


विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज प्रतिस्पर्धामा उत्रने भएका छन् । खेल साँझ ६ः३० बाट सुरु हुनेछ ।

सशस्त्र प्रहरी बल एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल पुगेको हो भने मच्छिन्द्र क्लबलाई २-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको थियो । आजको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यो खेलसँगै सेमिफाइनल समीकरण पुरा हुनेछ । आज विजेता हुने टोली र थ्री स्टारले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै थ्री स्टार फाइनलमा प्रवेश गरेको हो । फागुन १९ गतेबाट सुरु भएको गोल्डकप फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!