विराटनगरका हरिमोहन श्रेष्ठले गरे १०३ पटक रक्तदान
विराटनगर । मोरङको रङ्गेली नगरपालिका-८ दर्बेसाका शङ्कर ऋषिदेवले ७० वर्षीया आमालाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार राति उपचारका लागि विराटनगर ल्याए । विराट टिचिङ अस्पतालमा भर्ना गरेर आमाको उपचार सुरु भयो । भोलिपल्ट अर्थात बुधबार अस्पतालले रगत जोहो गर्न भन्यो ।
केही समय चिनेजानेका मान्छेलाई सम्पर्क गरे । अन्य माध्यमबाट पनि रगतको खोजी गरे । कतै रगत समुह मिल्दैन त कसैले के भन्छ । भौतारिरहेका उन...





























