संगालोखबर


विराटनगर । रात्रिकालीन विराट गाेल्डकपकाे पहिलाे सेमिफाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टारले अग्रता बनाएकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी खेलकाे पहिलाे हाफमा थ्री स्टार २-० गाेलले अग्रता कायम गरेका हाे।

खेल सुरू भएकाे एक मिनेटमा थ्री स्टारका प्रशान्त लिम्बु र २८ औं मिनेटमा दिपेश घलेले एक/एक गाेल गरे । प्रतिस्पर्धात्मक खेलकाे पहिलाे हाफमा थुप्रै अवसर पाएपनि आर्मीले गाेल फर्काउन सकेन ।

Advertisement

फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!