
विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आइतबार एक सय रुपैयाँले बढेको सुन आज पनि प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने यथावत छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

संगालोखबर 












