तीनजना चढेको मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुईजना घाइते
इलाम । माई नगरपालिका–२ दानाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा माई नगरपालिका–१० गधेनी भञ्ज्याङका २५ वर्षीय दिनेश सार्की छन् ।
दुर्घटनामा मोटरसाइकल चालक माई–१० गधेनी भञ्ज्याङका ३२ वर्षीय विनोद लिम्बू र सोही स्थानका १६ वर्षीय रोशन लिम्बू घाइते भएका छन् । उनीहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामल...






























