ताप्लेजुङमा पहिरोले पुर्दा सासु बुहारीको मृत्यु

ताप्लेजुङमा पहिरोले पुर्दा सासु बुहारीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गएराती पहिरोले पुर्दा सासु बुहारीको मृत्यु भएको छ । बर्षासँगै राती करिब ११ बजे झरेको पहिरोमा पुरिदा सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो । पहिरोमा परेर बेपत्ता भएका उनीहरुको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । पहिरोले अधिकारी परिवारका दुई वटा घर बगाएको छ । यसोदाका श्रीमान बिष्णु अधिकारीले भागेर ज्यान जोगाएका छन्...
धनकुटाबाट राप्रपाले प्रधानमन्त्रीलाई पठायो ज्ञापनपत्र

धनकुटाबाट राप्रपाले प्रधानमन्त्रीलाई पठायो ज्ञापनपत्र

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण स्वतन्त्रतासहितको हिन्दु राज्य घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । राप्रपा धनकुटाका उपाध्यक्ष टीकाप्रसाद घिमिरेसहित जिल्ला स्तरिय नेताहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे मागसहितको ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा किसानलाई तत्काल मल र विउ उ...
कुवेतवाट आएको जहाज काठमाडौंमा मौसम खराव हुँदा भैरहवामा अवतरण

कुवेतवाट आएको जहाज काठमाडौंमा मौसम खराव हुँदा भैरहवामा अवतरण

भैरहवा । कुवेतबाट आएको जजिरा एयरको जहाज मौसम खरावीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि आज बिहान भैरहवामा अवतरण गरिएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिराको जे नाइन ५४१ को जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । बिहान ४ बजेर २२ मिनेटमा जहाज अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले ...
इटहरीको बस्तीमा पस्यो चितुवा, गाउँले त्रसित

इटहरीको बस्तीमा पस्यो चितुवा, गाउँले त्रसित

सुनसरी । इटहरीको एकता टोलमा चितुवा पसेपछि सर्वसाधरण त्रसित भएका छन् । इटहरी वडा नं. ६ र ९ को सिमानामा पर्ने सो टोलमा आज बिहान चितुवा पसेको हो । बस्तीमा पसेको चितुवाले आक्रमण गर्नेसक्ने त्रासले सर्वसाधरणहरु झ्याल ढोका लगाएर घरभित्र बसेका छन् । स्थानीय प्रशासनले सर्वसाधरणलाई घरबाहिर ननिस्कन अपिल गरेको छ । घरबाहिर ननिस्कन भन्दै प्रहरीले माइकिङ्ग गरिरहेको छ । चितुवालाई नियन्त्रण लिने प्रयास भइरहेक...
राप्रपाका धनकुटा अध्यक्ष थापाले दिए राजीनामा

राप्रपाका धनकुटा अध्यक्ष थापाले दिए राजीनामा

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टीका धनकुटा जिल्ला अध्यक्ष कुमारबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । २०४८ सालदेखि झण्डै ३१ बर्ष राप्रपाको अध्यक्ष बनेका थापाले पार्टीका केन्द्रिय अध्यक्षसमक्ष राजीनामा पेश गरेका हुन् । उनले राजीनामा पत्रमा कुनै कारण खुलाएका छैनन् । गत मंसिरमा भएको पार्टीको महाधिवेसनमा कमल थापालाई जिताउन उनी लागिपरेका थिए । तर, कमलले हारेर राजेन्द्र लिङ्देन विजयी बने । त्यस...
प्रदेश १ का अग्रज चार पत्रकार पुरस्कृत

प्रदेश १ का अग्रज चार पत्रकार पुरस्कृत

विराटनगर । प्रदेश १ का अग्रज चार पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रदेश १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले शुक्रबार विराटनगरमा कार्यक्रम गरेर धनकुटाका पत्रकारद्वय सञ्जयसन्तोषी राई र स्मिता निरौला, सुनसरीका कृष्णविनोद लम्साल र झापाका लिला बराललाई पुरस्कृत गरेको हो । उनीहरूलाई जनही एक लाख राशिको पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री ...
सप्तकोशीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

सप्तकोशीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

सप्तरी । आत्महत्या गर्न सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिलाई नदीबाट सकुशल उद्धार गरेर निकालिएको छ । झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बुलाई नदीबाट उद्धार गरेर निकालिएको हो । उनी बुधबार साँझ करिब ७ बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पुलबाट सप्तकोशी नदीमा हामफालेका थिए । हामफालेको देख्नेवित्तिकै उनलाई सशस्त्र प्रहरीले नदीबाट उद्धार गरेर निकालेका हुन् । सशस...
धनकुटामा चार दलीय गठबन्धनसँग भिड्दा पनि एमाले नै बन्यो शक्तिशाली

धनकुटामा चार दलीय गठबन्धनसँग भिड्दा पनि एमाले नै बन्यो शक्तिशाली

धनकुटा । स्थानीय तह निर्वाचनमा चार दलिय गठबन्धनसँग प्रतिष्पर्धा गर्दा पनि धनकुटामा एमाले नै पहिलो पार्टी बनेको छ । निर्वाचित जनप्रतिनिधि संख्या, कार्यपालिकाको बहुमत र जिल्ला समन्वय समिति गठनका हिसाबले फेरी पनि धनकुटामा एमाले नै पहिलो र शक्तिशाली पार्टीको रुपमा स्थापित भएको हो । गत स्थानीय तह निर्वाचनमा एमाले सबैभन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित थियो । सातै पालिका प्रमुख, उप-प्रमुखसहित ४३ व...
धनकुटामा महिला फुटबल हुने

धनकुटामा महिला फुटबल हुने

धनकुटा । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ पालिका स्तरीय महिला फुटवल प्रतियोगिता सञ्चालन गरिने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गरेर जेठ अन्तिम साता प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो । धनकुटाको टुडिखेलमा जेठ २४ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष इश्वर श्रेष्ठले बताए । प्रतियोगितामा जिल्लाका सात वटै पालिकाका खेलाडीहरु ...
विराटनगरमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगरमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर–४ बरगाछीस्थित सृजना ज्ञानकुञ्ज बोडिङ्ग स्कूलका शिक्षक तेजेन्द्र कर्ण पक्राउ परेका छन् । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बुधबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो । सोही विद्यालयमा अध्ययनरत ११ बर्षीया छात्रामाथि शिक्षक कर्णले पटक-पटक दुर्व्यवहार गरेको आरोप छ । होमवर्क नगरेको भन्दै सजाय दिने बहानामा शिक्षक कर्णल...
आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा

आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।...
विराटनगरमा आगलागी हुँदा एउटा घर र चार पसल जलेर नष्ट, तीन घाइते

विराटनगरमा आगलागी हुँदा एउटा घर र चार पसल जलेर नष्ट, तीन घाइते

विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित हस्पिटल चौकमा गएराती आगलागी हुँदा एउटा घर र चार वटा पसल जलेर नष्ट भएका छन् । आगलागीका क्रममा सिलिण्डर बिस्फोट हुँदा जलेर तीन जना घाइते भएका छन् । राती करिब १२ बजेबाट सुरु भएको आगोले स्थानीय सोभादेवी घिमिरेको घर जलेर नष्ट भएको छ । त्यस्तै, चौकमा रहेका दुई वटा होटल, एउटा किराना र एउटा कपडा पसल जलेर नष्ट भएका छन् । घरसहित सोभादेवीको किराना पसल, दिपन राजवंशी...
धनकुटामा ६ करोड खर्चेर बनाइयो निजामति विद्यालयको भवन, सांसद राईले गरे उद्घाटन

धनकुटामा ६ करोड खर्चेर बनाइयो निजामति विद्यालयको भवन, सांसद राईले गरे उद्घाटन

धनकुटा । धनकुटामा ६ करोडको लागतमा निजामति आवासिय विद्यालयको भवन निर्माण गरिएको छ । ६ करोड १८ लाख ४५ हजार रुपैयाँको लागतमा धनकुटा–७ स्थित चुलिवनमा विद्यालयको तीन तले भवन निर्माण गरिएको हो । प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले एक कार्यक्रमकाबीच ताम्रापत्रको पर्दा उघारेर विद्यालय भवन उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सांसद राईले धनकुटा र डोटीमा मात्र निजामति विद्यालय रहेको जानकारी दिदैं निज...
धनकुटा एमालेको दावीः गठबन्धनको अर्थ छैन, सातै पालिका र ५२ वडा सजिलै जित्छौं

धनकुटा एमालेको दावीः गठबन्धनको अर्थ छैन, सातै पालिका र ५२ वडा सजिलै जित्छौं

धनकुटा । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका र ५२ वटा वडा सजिलै जित्ने दावी गरेको छ । एमाले धनकुटाले आज पत्रकार सम्मेलन गरेर जिल्लामा चार दलको गठबन्धन बनेपनि त्यसले एमालेलाई केही फरक पार्न नसक्ने दावी गरेको हो । एमाले नेताहरुले चार दलीय गठबन्धनलाई देखावटी र ‘भुसुनाको झुण्ड’ को संज्ञा पनि दिएका छन् । धनकुटामा सात पालिका र ६० वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनम...
धनकुटाको पाख्रीबासमा ट्रक पल्टिँदा ६ जना घाइते

धनकुटाको पाख्रीबासमा ट्रक पल्टिँदा ६ जना घाइते

धनकुटा । मध्य पहाडी लोकमार्ग अन्तरगत धनकुटाको पाख्रीबास नगरपालिका–५ मा आज लोपेट ट्रक दुर्घटना भएको छ । दिउँसो करिव २ बजे ईटहरीबाट भोजपुरतर्फ जाँदै गरेको ना.८ ख ३१३५ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटना हुँदा ट्रकमा सवार ६ जना घाइते भएका छन् । लोपेट चालक बाराको सिमरा–२ का मोहन श्रेष्ठ, ३९ बर्षीय सरोज कुमार कुर्मी, १८ बर्षीय जितेन्द्र पटेल र पाख्रीबास–५ का २४ बर्षीया कल्पना श्रेष्ठ सामान्य घा...
यस्तो देखियो चौविसे रनिङ्ग कप फुटबल (फोटो फिचर)

यस्तो देखियो चौविसे रनिङ्ग कप फुटबल (फोटो फिचर)

धनकुटा । धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगितामा पुरुषतर्फ राजारानी र महिलातर्फ कुरुलेतेनुपाले उपाधि जितेको छ । राजारानीस्थित मझुवाटार खेल मैदानमा मंगलबार भएको पुरुषतर्फको खेलमा चौविसे–८ बसन्तटारलाई ८–० गोल अन्तरले पराजित गर्दै चौविसे–६ राजारानीले उपाधि जितेको हो । यता, महिलातर्फको खेलमा चौविसे–१, छ नं.वुधवारेलाई १–० गोलले पराजित गर्दै चौविसे–३ कुरुलेतेनुपाले उप...
स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्याउँनु चुनौति मात्र हैन अवसर पनि हो: मन्त्री यादव

स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्याउँनु चुनौति मात्र हैन अवसर पनि हो: मन्त्री यादव

विराटनगर । प्रदेश १ का स्वास्थ्य विकासमन्त्री जयराम यादवले स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्र्याउँने चुनौतिपूर्ण कामलाई प्रदेश सरकारले अवसरका रुपमा लिएको बताएका छन् । शनिबार विराटनगरमा आयोजित तिनटोलिया समाज सेवा समितिको प्रथम साधारण सभा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले प्रक्रिया पुर्र्याएर समिति अघि बढ्नसके सरकारले सामुदायिक स्वास्थ्य अस्पतालको लागि संरचना तयार गर्ने प...
२०७८ फागुन ५ गते बिहीवारको राशिफल

२०७८ फागुन ५ गते बिहीवारको राशिफल

ई.सं. २०२२ फेब्रुवरी १७ नेपाल सम्बत ११४१ सिल्लागा पारु फाल्गुन कृष्ण प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण प्रतिपदा तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, अतिगंड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः३९ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर राखेर जुनसकै दिशाको यात्...
धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटा । धनकुटामा शुक्रबार काव्य गोष्ठी सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ प्रदेश नं.–१ को सचिवालय बैठकको अवसर पारेर प्रगतिशील लेखक संघ धनकुटाले गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा प्रदेश १ का कवि तथा साहित्यकारहरु सहभागि थिए । उनीहरुले गोष्ठीमा आ–आफ्नो रचना प्रस्तुत गरे । प्रगतिशील लेखक संघ प्रदेश–१ का अध्यक्ष डा.देवी क्षेत्री दुलाल, धनकुटा अध्यक्ष रमेशचन्द्र अधिकारी, कवि राजेन्द्र सर्वाहारा, म...
बुढिगंगामा महिला उद्यम समितिले बाँढ्यो कम्बल

बुढिगंगामा महिला उद्यम समितिले बाँढ्यो कम्बल

विराटनगर । मोरंग व्यापार संघको महिला उद्यम समितिले बुढीगंगा गाउँपालिका–५ मा शुक्रबार कम्बल वितरण गरेको छ । समितिले कार्यक्रम आयोजना गरी गरिव, असहाय र एकल महिलाहरुलाई ५० थान कम्बल वितरण गरेको हो । समितिका संयोजक वन्दना जैन नेतृत्वको टोलीले वडाको सुक्चर टोल, पोठिया वडा कार्यालय टोल र लवटोलिया क्षेत्रका ५० घर परिवारलाई एक/एक थान कम्बल प्रदान गरेको मोरंग व्यापार संघले जनाएको छ । समितिका संयोजक जैन...
पाँचथरमा आगलागी हुँदा तीन घर जलेका नष्ट

पाँचथरमा आगलागी हुँदा तीन घर जलेका नष्ट

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलदा गएराति रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीय खगेन्द्र राईले जानकारी दिए । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो । बरभञ्ज्याङ फालेलुङ–६ क...
डाक्टरलाई नेपालमै इन्टर्नसिप

डाक्टरलाई नेपालमै इन्टर्नसिप

काठमाडौं । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो । सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगा...
धनकुटामा बसभित्रै महिला मृत फेला, सँगै रहेकी तीन बर्षीया छोरीको बिचल्ली

धनकुटामा बसभित्रै महिला मृत फेला, सँगै रहेकी तीन बर्षीया छोरीको बिचल्ली

धनकुटा । धनकुटामा गुडिरहेको बसभित्र आज दिउँसो महिला मृत फेला परेकी छन् । भोजपुरबाट धरान जाँदै गरेको प्र.१–०२–००१ ख ८१०७ नम्बरको बसमा सवार भोजपुरको अरुण गाउँपालिका–५ घर भएकी ३५ बर्षीया कमला भुजेल श्रेष्ठ बसभित्रै मृत अवस्थामा भेटिएकी हुन् । उनी बिहान करिब ११ बजे भोजपुरको जरायोटारबाट तीन बर्षीया छोरीलाई साथमा लिएर बस चढेकी थिइन् । दिउँसो करिब ३ः३० बजे धनकुटाको पात्लेखोला नजिक आइपुग्दा बसभित्रै उन...
एमाले अध्यक्षमा पुनः ओली निर्वाचित, भारी मतान्तरले रावल पराजित

एमाले अध्यक्षमा पुनः ओली निर्वाचित, भारी मतान्तरले रावल पराजित

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली भारी मतसहित निर्वाचित भएका छन् । १८०८ मतसहित ओली पुनः चार बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी भीम रावलले २१३ मत पाएका छन् । निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा गर्न भने वाँकी छ । २०७१ सालमा एमालेको नवौं महाधिवेशनबाट ओली पहिलो पटक एमाले अध्यक्षमा निर्वाचित भएका थि...
म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा रघुगंगा गाउँपालिका–१ की वडा सदस्य गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बलबहादुर विक, म...
धनकुटाका तीन नेता परे ओलीले सार्वजनिक गरेको एमाले केन्द्रिय सदस्यको लिस्टमा

धनकुटाका तीन नेता परे ओलीले सार्वजनिक गरेको एमाले केन्द्रिय सदस्यको लिस्टमा

धनकुटा । चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले छानेका ३०१ केन्द्रिय सदस्यमा धनकुटाका तीन नेता परेका छन् । प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई, प्रदेश सभा सदस्य एवं एमाले नेतृ विनादेवी राई र धनकुटा नगरपालिकाकी उपमेयर एवं एमाले नेतृ शकुन्तला बस्नेत ओलीले सार्वजनिक गरेको एमाले केन्द्रिय सदस्यको लिस्टमा परेका हुन् । ओलीले ...
नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया मंसिर २१ बाटै

नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया मंसिर २१ बाटै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मंसिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मंसिर २१ गतेबाट नै सुरु गरिनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिए । निर्वाचन प्रक्रिय...
एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । कात्तिकमा व्यक्तिगत प्रक्रियामार्फत विभिन्न देश जान १ हजार २ सय ६...
कछुवाको गतिमा विकास पूर्वाधार

कछुवाको गतिमा विकास पूर्वाधार

काठमाडौं । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रमा विकास निर्माण तथा आर्थिक समृद्धिको नारालाई प्रमुख प्राथमिकता दिएका थिए । आमनिर्वाचनको चार वर्षसम्म आइपुग्दा समृद्धि तथा विकास निर्माणको दिशामा दलहरू अघि बढेको पाइएको छैन । राजनीतिक दलहरूले पछिल्ला दिन...
धनकुटाका ६० वटै वडामा एमालेको सर्वसम्मत नेतृत्व (नामावलीसहित)

धनकुटाका ६० वटै वडामा एमालेको सर्वसम्मत नेतृत्व (नामावलीसहित)

धनकुटा । नेकपा एमालेको शनिवार र आइतवार सम्पन्न वडा अधिवेशनबाट धनकुटाका ६० वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । धनकुटाका ५९ वडामा शनिवार र एउटा वडामा आइतवार वडा अधिवेशन गरिएको हो । एमालेले देशभर शनिवार वडा अधिवेशन तोकेको थियो । तर बाढी, पहिरोबाट प्रभावित क्षेत्रमा भने अधिवेशनको मिति हेरफेर भएको छ । पहिरोले घर पुर्दा चौविसे गाउँपालिका–१ छ नं.बुधबारेका सात जनाको मृत्यु भएको थियो, पाँच जना घाइत...
विराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर, नोबेलका डाक्टरले गरे ६ सय विरामीको उपचार

विराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर, नोबेलका डाक्टरले गरे ६ सय विरामीको उपचार

विराटनगर । अग्रपंतिमा खटिने यातायात मजदुर र प्रहरी तथा उनीहरुका परिवारका सदस्यलाई लक्षित गरेर आइतवार बिराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसर पारेर विराटनगरस्थित नोबेल मेडिकल कलेज र नेपाल औषधि व्यावसायी संघसँग सहकार्य गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यावसायी महासंघ र यातायात मजदुर संघ तथा संगठनले शिविर आयोजना गरेका हुन् । १ नम्बर...
error: Content is protected !!