सांसद सुनिल शर्मा बने ओशो सन्यासी
काठमाडौं। प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् ।
बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्...































