संगालोखबर सम्बाददाता

विराटनगर । मोरंग व्यापार संघको महिला उद्यम समितिले बुढीगंगा गाउँपालिका–५ मा शुक्रबार कम्बल वितरण गरेको छ । समितिले कार्यक्रम आयोजना गरी गरिव, असहाय र एकल महिलाहरुलाई ५० थान कम्बल वितरण गरेको हो ।

Advertisement

समितिका संयोजक वन्दना जैन नेतृत्वको टोलीले वडाको सुक्चर टोल, पोठिया वडा कार्यालय टोल र लवटोलिया क्षेत्रका ५० घर परिवारलाई एक/एक थान कम्बल प्रदान गरेको मोरंग व्यापार संघले जनाएको छ ।

समितिका संयोजक जैनसहित सदस्य साधना झा, श्रृति शर्मा, जीना श्रेष्ठ र संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी लगायतले बस्तीमा पुगेर कम्वल बाढेका हुन् ।

गरिव, असहाय र एकल महिलाहरुलाई जाडो याममा न्यानो प्रदान गर्न कम्बल वितरण गरिएको हो । कम्बल वितरणका लागि बुढीगंगा गाउँपालिका–५ का वडाध्यक्ष रमेश कुमार खनालले समन्वय गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!