संगालोखबर


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसबाट १९ सदस्यीय पदाधिकारी चयन भएको छ ।

जसमा अध्यक्षमा केपी शर्मा ओली समूहका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ । अध्यक्षमा ईश्वर पोखरेललाई पराजित गर्दै केपी शर्मा ओली निर्वाचित भए ।

Advertisement

पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् । सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार केपी शर्मा ओली अध्यक्ष, विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट उपाध्यक्षमा निर्वाचित भए ।

यस्तै महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई निर्वाचित भए ।

सचिवमा छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत निर्वाचित भए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!