- संगालोखबर सम्वाददाता

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टीका धनकुटा जिल्ला अध्यक्ष कुमारबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । २०४८ सालदेखि झण्डै ३१ बर्ष राप्रपाको अध्यक्ष बनेका थापाले पार्टीका केन्द्रिय अध्यक्षसमक्ष राजीनामा पेश गरेका हुन् ।

Advertisement

उनले राजीनामा पत्रमा कुनै कारण खुलाएका छैनन् । गत मंसिरमा भएको पार्टीको महाधिवेसनमा कमल थापालाई जिताउन उनी लागिपरेका थिए । तर, कमलले हारेर राजेन्द्र लिङ्देन विजयी बने । त्यसपछि राप्रपा केन्द्रले धनकुटालाई कुनै प्राथमिकता नदिएको भन्दै उनी निरास थिए । यता, गत स्थानीय तह निर्वाचनमा जिल्ला तहका नेताहरुले नै विना सल्लाह नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत मागेको थाहा पाएपछि उनी थप रुष्ट बने ।

उनी राप्रपाका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री स्वर्गिय सूर्यबहादुर थापाका सहोदर भतिज हुन् । सूर्यबहादुरका छोरा सुनिलबहादुरले पनि राप्रपा छोडिसकेका छन् । उनी अहिले कांग्रेसमा छन् । कांग्रेस प्रवेश गर्दा सहमहामन्त्री पद पाएका सुनिलबहादुर गत महाधिवेशनवाट केन्द्रिय सदस्यमा झरेका छन् ।

संस्थापक अध्यक्षका छोरा सुनिलले पार्टी छोड्दासमेत त्यही पार्टी रुगेर बसेका भतिज कुमारबहादुरले अन्ततः अध्यक्ष पदवाट राजीनामा दिएर साधारण सदस्यमा झरेका हुन् । राजीनामा पत्रमा उनले आफु अध्यक्ष पदमा नरहेपनि साधारण सदस्यका हिसावले राप्रपामै रहने उल्लेख गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!