- संगालोखबर सम्बाददाता
फायल तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गएराती पहिरोले पुर्दा सासु बुहारीको मृत्यु भएको छ । बर्षासँगै राती करिब ११ बजे झरेको पहिरोमा पुरिदा सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो ।

पहिरोमा परेर बेपत्ता भएका उनीहरुको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । पहिरोले अधिकारी परिवारका दुई वटा घर बगाएको छ । यसोदाका श्रीमान बिष्णु अधिकारीले भागेर ज्यान जोगाएका छन् ।

ताप्लेजुङमा अत्यधिक बर्षा भएको छ । जसका कारण जिल्लाका धेरै ठाउँमा पहिरो झरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!