- संगालोखबर सम्वाददाता

सुनसरी । इटहरीको एकता टोलमा चितुवा पसेपछि सर्वसाधरण त्रसित भएका छन् । इटहरी वडा नं. ६ र ९ को सिमानामा पर्ने सो टोलमा आज बिहान चितुवा पसेको हो ।

Advertisement

बस्तीमा पसेको चितुवाले आक्रमण गर्नेसक्ने त्रासले सर्वसाधरणहरु झ्याल ढोका लगाएर घरभित्र बसेका छन् । स्थानीय प्रशासनले सर्वसाधरणलाई घरबाहिर ननिस्कन अपिल गरेको छ । घरबाहिर ननिस्कन भन्दै प्रहरीले माइकिङ्ग गरिरहेको छ ।

चितुवालाई नियन्त्रण लिने प्रयास भइरहेको छ । कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट प्राविधिक टोली उपकरणसहित चितुवा नियन्त्रणमा लिन सो स्थानमा खटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!