- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण स्वतन्त्रतासहितको हिन्दु राज्य घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । राप्रपा धनकुटाका उपाध्यक्ष टीकाप्रसाद घिमिरेसहित जिल्ला स्तरिय नेताहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे मागसहितको ज्ञापनपत्र पठाएका हुन् ।

Advertisement

ज्ञापनपत्रमा किसानलाई तत्काल मल र विउ उपलब्ध गराउनु पर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गरी पेट्रोलियम पदार्थमा भएको श्रृंखलावद्ध मुल्यबृद्धि रोक्नुपर्ने, २०४७ साल यताका उच्चपदस्त अधिकारीको सम्पति छानबिन गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्न राज्यको कोषबाट सञ्चालिन सबै निकाय र मन्त्री परिषदबाट नीतिगत निर्णयमा हुने भ्रष्टाचारसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गरिनुपर्ने उल्लेख छ ।

यस्तै इम्बोस्ड नम्बर प्लेटसँग भाषा, सुरक्षा, लागत, कमिशन र भ्रष्टाचारको कुरा जोडिएकाले त्यसलाई खारेज गर्नुपर्ने, यदि गर्नैपर्ने भए देवनागरिक लिपिमा नम्बर प्लेट राख्ने व्यवस्था हुनु पर्ने र नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग पनि राप्रपाले अघि सारेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!