- संगालोखबर सम्वाददाता

काठमाडौं । स्याम्पुको डब्बाभित्र राखेर अवैध रुपमा ल्याउँदै गरेको सुनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार ओमनबाट सलाम एयरवेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सिरहाका निरञ्जन कुमार सिंहलाई १०० ग्राम सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्दा उनको साथमा १०० ग्राम सुन पाइएकाले नियन्त्रणमा लिएको जनाइएको छ । उनले उक्त सुन स्याम्पुको डब्बाभित्र स्याम्पुसँगै मिसाएर ल्याएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!