- संगालोखबर सम्वाददाता

भैरहवा । कुवेतबाट आएको जजिरा एयरको जहाज मौसम खरावीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि आज बिहान भैरहवामा अवतरण गरिएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिराको जे नाइन ५४१ को जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

Advertisement

बिहान ४ बजेर २२ मिनेटमा जहाज अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मौसम सफा भएपछि उक्त जहाज बिहान साढे ६ बजे काठमाडौं उडेर ६ः५० बजे त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको छ ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज डाइभर्ट भएर आएको हो । गौतमबुद्ध विमानस्थल बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थल पुग्नुपर्ने वाध्यता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!