
धनकुटा । नेकपा एमालेको ११ औं महाधिवेशनबाट धनकुटाका दुई नेता केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । आदिवासी जनजाति खुलातर्फ राजेन्द्रकुमार राई केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । उनले एक हजार ४२४ मत प्राप्त गरेका छन् ।
यस्तै आदिवासी जनजाति महिलातर्फ तारा तितुङ निर्वाचित भएकी छन् । उनले एक हजार ६१४ मत प्राप्त गरेकी छन् ।

संगालोखबर 












