- संगालोखबर सम्वाददाता

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली भारी मतसहित निर्वाचित भएका छन् । १८०८ मतसहित ओली पुनः चार बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

उनका प्रतिद्धन्द्धी भीम रावलले २१३ मत पाएका छन् । निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा गर्न भने वाँकी छ । २०७१ सालमा एमालेको नवौं महाधिवेशनबाट ओली पहिलो पटक एमाले अध्यक्षमा निर्वाचित भएका थिए । नवौं महाधिवेशनमा ओलीले नेता माधवकुमार नेपाललाई ४६ मतान्तरले पराजित गर्दै अध्यक्षमा बिजयी भएका थिए ।

१० औं महाधिवेशनमा ओलीले सर्वसम्मत अध्यक्ष बन्न चाहेको भएपनि रावलले नमानेपछि दुईबीच चुनावी प्रतिष्प्रधा भएको हो । गत शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएपछि आज बिहान मतदान थालिएको थियो ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ जनाले मतदान गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!