संगालोखबर सम्वाददाता

धनकुटा  । पाख्रीबास नगरपालिका–३ स्थित शितला देवी अंग्रेजी माध्यमिक विद्यालयले विभिन्न खेलकुद प्रतियोगिता गरेको छ । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले फुटबल, क्रिकेट, रिले दौड, हाई जम्प र लङ्ग जम्प प्रतियोगिता गरेको हो ।

Advertisement

८ सय र १५ सय मिटर दौड पनि गरिएको छ । खेलकुदमा शिशुदेखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागि थिए ।

खेलकुद गतिविधिले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राखी अध्ययन प्रति थप उत्प्रेरणा प्रदान गर्ने भएकाले खेलकुद कार्यक्रम गरिएको विद्यालयका शिक्षक समन श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!