सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । धनकुटाको पाख्रीवासमा रक्तदान कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार टिम नेपो धनकुटा नामक संस्थाले रक्तदान कार्यक्रम गरेको हो ।

Advertisement

पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रको सभा हलमा आयोजना गरिएको कार्यक्रममा ५३ जनाले रक्तदान गरेको आयोजक संस्थाका संयोजक सुदिप कोइरालाले जानकारी दिए । स्थानीयवासी, विद्यार्थी, अनुसन्धान केन्द्रका कर्मचारी लगायतले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा, कृषि अनुसन्धान केन्द्र र ३ नम्बर वडा कार्यालयले रक्तदानमा सहयोग गरेका थिए । रक्तसञ्चार केन्द्र, नेपाल रेडक्रस सोसाइटी सुनसरीले रक्तदानमा प्राविधिक सहयोग गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!