सुरज रानाको ‘जब कविता जुलुसमा निस्कन्छ’ विमोचन

सुरज रानाको ‘जब कविता जुलुसमा निस्कन्छ’ विमोचन

इटहरी । कवि सुरज रानाको कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’ को गृह विमोचन गरिएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो । सङ्ग्रहमा ४५ वटा कविता समावेश छन् । कवि सुदीप पाख्रिनले सङ्ग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना-जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षक...
झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 

झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार 

धनकुटा । धनकुटाकी साहित्यकार झमक घिमिरेलाई नेपाली प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले नगदसहित सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच प्रलेस केन्द्रिय समितिले साहित्यकार घिमिरेलाई नगदसहित सम्मान गरेको हो । नेपाली प्रगतिशील बाङ्मयको उन्नयनमा योगदान पुर्याएको भन्दै साहित्यकार घिमिरेलाई सम्मान गरिएको प्रलेसले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरा...
पाख्रीबासमा गुञ्जिए कवि मुकुन्द प्रयास

पाख्रीबासमा गुञ्जिए कवि मुकुन्द प्रयास

धनकुटा । ‘पाख्रीबास काव्य शृङ्खला’ मा कवि मुकुन्द प्रयासले एकल कविता वाचन गरेका छन् । धनकुटाको पाख्रीबास नगरपालिका-४ मा रहेको संसारी सिमसार पर्यटकीय स्थलमा आयोजना गरिएको कार्यक्रममा कवि प्रयास गुञ्जिएका हुन् । पाख्रीबास कला साहित्य समाजको आयोजना तथा स्थानीय डिबी तामाङको सहयोगमा हिजो भएको कार्यक्रममा दर्जन बढी कविता सुनाएका थिए । परिचय, युद्धको गीत, देश-मधेश र पहाड, रूप, मन्दिर बाहिर, भ्यु टावरक...
स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा कट्टेल र शिवा प्रस्तुत हुँदै

स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा कट्टेल र शिवा प्रस्तुत हुँदै

विराटनगर । स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा विराटनगरका कवि हरी कट्टेल र सुनसरीका कवि किरण शिवा प्रस्तुत हुँदै छन् । आज आरोहण गुरुकुल हाटखोलामा हुने कार्यक्रममा कट्टेल र शिवा प्रस्तुत हुन लागेका हुन् ।  विराट आदर्श साहित्य मञ्चको आयोजनामा हुने कार्यक्रममा युवा सम्मानबाट विराटनगरका पत्रकार प्रेम देवानलाई सम्मान गरिने मञ्चका अध्यक्ष कटवाल दिपकले जानकारी दिए ।  कार्यक्रम आज दिउँसो दुई बजे सुरु ह...
कविता : बा

कविता : बा

बा घरको मूल पिल्लर हौँ तिमी समस्याहरूको समाधान गर्न सक्ने जडी हौँ तिमी, बाबु  ताते-ताते भन्दै अगाडि लाग्ने मेरो लागि मूल नेतृत्व हौँ बा तिमी । बुबु माम सुपुक्क काफल गेडी कुटुक्क भन्दै मुमाले खुवाउन नसकेको चारो सजिलै खुवाउन सक्ने बहुमुखी प्रतिभाशाली  मुखिया हौँ बा मेराे लागि तिमी   । जीवनका कखरा पढाउने  देखि हिँड्न , भिड्न समेत सिकाउने महान् गुरु हाै बा तिमी , हाँस्न , हसाउँन, फकाउन जादु...
धनकुटामा मोती जयन्तीः कवितामा कञ्चन प्रथम

धनकुटामा मोती जयन्तीः कवितामा कञ्चन प्रथम

धनकुटा । युवाकवि मोतीराम भट्टको १५९ औं जन्मजयन्तीको अवसरमा धनकुटामा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा भाषा मावि धनकुटाको कक्षा १२ की छात्रा कञ्चन बस्नेत प्रथम भइन् । प्रतियोगितामा छात्रा आषिका राई दोस्रो र नितु शाहीले तेस्रो स्थान हासिल गरिन् । उनीहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपाल...
मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार

मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार

काठमाडौँ । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ लाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि चार लाख रुपैयाँ छ । यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो । छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको डम्फुको आत्म...
बिएन ढकालका तीन कविता

बिएन ढकालका तीन कविता

आजको मान्छे विज्ञानको कोखबाट जन्मिएर पनि आजको मान्छे ढुङ्गेयुगतिर फिर्छ कामुक युवतीको पोस्टर झैँ आफ्नो परिचय सडकका भित्ता–भित्तामा टाँस्छ अर्धाङ्गीनी झैँ हिँड्छ र इमान कमाउँछ र मान्छेले मान्छेलाई भन्छ– ‘म भगवानको पूजा गर्छु !’ बुद्धको सालिक जलाएर शान्तिको साधना गर्छ ! कानूनको धज्जी उडाएर न्यायको प्रार्थना गर्छ । र, मन्दिरको देउतालाई फूलपाती चढाएर आजको मान्छेले भन्छ– ‘भगवान् म तिम...
‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको हो । बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस्य सचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी) लाई मनोनयन गरेको छ । कार्यपालिका बैठकले माया पौडेल आशावादी (नृत्य...
‘हावामा अल्झिएको स्वर’ लिएर आए कवि श्रेष्ठ

‘हावामा अल्झिएको स्वर’ लिएर आए कवि श्रेष्ठ

धनकुटा । मोरङको सुन्दरहरैँचाका युवा कवि सिजन श्रेष्ठको कविता संग्रह ‘हावामा अल्झिएको स्वर’ को लोकार्पण गरिएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो । सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले कृतिको लोकार्पण गरेका थिए । सङ्खुवासभाको वानामा जन्मिएका कवि श्रेष्ठ हाल सुन्दरहरैँचामा बस्दै आएका छन् । ५३ वटा कविता समावेश गरिएको सङ्ग्रहको ...
मिठो हुन्छ प्यार पनि (गजल)

मिठो हुन्छ प्यार पनि (गजल)

ठिक्क मात्र नाफा खाई गर्नु पर्छ व्यापार पनि पैसा पैसा पैसा हैन सिकौं राम्रो व्यवहार पनि जन्म दिन्छन् कर्म दिन्छन् सन्तानमै रमाउँछन् मातापिता देवता हुन् अनि बाँच्ने आधार पनि प्रमाणपत्र हात पार्दैमा असल मान्छे होइँदैन पढ पढ मात्र होइन सिकाउनु संस्कार पनि अन्धाधुन्ध के के न हो नदेखाइ हाल्नुहोस् है नयाँ हुन्जेल मात्र औधी मिठो हुन्छ प्यार पनि सही सत्य कमाए नि दशांश दान गर्नु भन्छन् ...
विराटनगरमा पुष्पलाल स्मृति कविता प्रतियोगिताः रायमाझी प्रथम

विराटनगरमा पुष्पलाल स्मृति कविता प्रतियोगिताः रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि लक्ष्मी रायमाझी प्रथम भइन् । त्यस्तै, ‘यही हो त परिवर्तन’ शीर्षकको कविता वाचन गरेर नुवाकोटका कवि सुजन डोटेल द्वितीय भए भने विराटनगरकी री...
धनकुटामा ‘पानी पतिया’ को परिचर्चा

धनकुटामा ‘पानी पतिया’ को परिचर्चा

धनकुटा । धनकुटामा युद्धकवि तथा लेखक काङमाङ नरेश राईको ‘पानी पतिया’ कृतिको परिचर्चा गरिएको छ । बुद्धिजीबी परिषद धनकुटाले आज आयोजना गरेको कार्यक्रममा उक्त कृतिमाथि परिचर्चा गरिएको हो । कृतिमाथि संविधानसभा सदस्य राजकुमार राई र जिल्ला समन्वय समितिका धनकुटाका उपप्रमुख सावित्रा राईले टिप्पणी गरेका थिए । कार्यक्रममा कवि, लेखक, साहित्यकार, विश्लेषक, जनप्रतिनिधि र विभिन्न राजनैतिक दलका प्रतिनिधि सहभागी ...
रिजुको कविता ‘वर्तमान’ बन्यो उत्कृष्ट

रिजुको कविता ‘वर्तमान’ बन्यो उत्कृष्ट

विराटनगर । २११ औं भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कविता प्रतियोगिता गरेको छ । कक्षा ५ देखि १२ सम्मका ३० जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा कक्षा १० की छात्रा रिजु अधिकारीको ‘वर्तमान’ शीर्षकको कविता उत्कृष्ट बनेको थियो । उनले प्रथम पुरस्कार प्राप्त गरिन् । यस्तै, कक्षा १२ का खिलराज ढकाल ‘मलाई गर्व लाग्छ मेरो देश’ शीर्षकको कविता वाचन गरेर द्वितीय भए भने १२ कै...
जसले नेपाली साहित्यलाई रसिलो र स्वादिलो बनाए

जसले नेपाली साहित्यलाई रसिलो र स्वादिलो बनाए

नेपाली वाङ्मयका शुक्रतारा भानुभक्त आचार्य वि.सं १८७१–१९२६ (सन् १८१४–१८६९) नेपाली भाषा साहित्यका निर्माता हुन् । जातीय जीवनमा अत्यधिक ख्यातिप्राप्त कवि भानुभक्तको रचनात्मक योगदानले नेपाली साहित्यको भण्डार रसिलो, स्वादिलो र खँदिलो भएको कुरो अकाट्य छ । प्राचीन संस्कृत वाङमयमा आदिकवि बाल्मिकीको जुन उच्च स्थान छ, हिन्दी साहित्यमा सन्त तुलसीदासको जुन शिखर स्थान छ अनि बङ्ला साहित्यमा कविगुरू रवीन्द्रन...
भानुभक्तको २११औँ जन्मजयन्ती मनाइँदै

भानुभक्तको २११औँ जन्मजयन्ती मनाइँदै

विराटनगर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’ मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीका घर–घरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरे...
‘खुल्ला आकाशमुनि’ लिएर आइन् नानुमैया

‘खुल्ला आकाशमुनि’ लिएर आइन् नानुमैया

विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रह सार्वजनिक गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार...
गति र गन्तव्य (कविता)

गति र गन्तव्य (कविता)

बन्छन् साध्य यही भनेर जनका रोजाइ संशाधन पाएको सुख– हेतु बन्छ नचिने अज्ञानताले धन । यी मान्छे अभिमन्युतुल्य रणमा पुग्दारहेछन् घुसी मान्छेले सुखका निमित्त निजको साटेछ मानूँ खुसी ।। लैजालान् कटुता, विषाद, जडता, अज्ञानताले तल लागेको छ घना भएर मनका आकाशमा बादल । होला देह सफा र सुग्धर भलै धोई नुहाइकन फेरी वस्त्र जुहार भित्र मनको फेरिन्न कालोपन ।। आफू मुन्तिरको धरातल छ के बिर्सन्छ बढ्दा क...
असार पन्ध्र (कविता)

असार पन्ध्र (कविता)

कति सुन्दर छन् पहिरी लहरा रह भूधर यी सजिए पहरा । मधु आँप लिची फल आरु फली छ सुगन्ध मिठो तरुमाझ गली ।।१ जलपान गरी छ धरा रसिलो बिउ धान भरी छ गरा हँसिलो । मनमोहक भो झरिलो प्रकृति बनियो वसुधा अति दिव्य कृति ।।२ जलले स्थल यो परिपुष्ट गरी पथ चुन्छ नयाँ अनुराग भरी। जब छर्छ कयौँ कण मेघ घुमी नभले धरणी तब छुन्छ झुमी ।।३ नव बीज मुठीभर लिन्छु छरी सुन बन्दछ त्यो सब खेतभरि । छ हिलो थलमा अ...
समान जीवनको भिन्न भोगाइ (कविता)

समान जीवनको भिन्न भोगाइ (कविता)

ओढ्ने आकाश एउटै टेक्ने धर्ती एउटै मैले हेर्ने जून र तिमीले हेर्ने जून एउटै यहाँजस्तै त्यहाँ पनि उही रविको किरण समय उसरी नै चल्छ समान दिनरात भरिएपछि मनको गरो कुन आँखाले चलाउँदैन र समाहा स्मृतिको सिरसिरे पवनमा मनले खोलिहाल्छ नि बहेली विगतलाई उधिनेर छरपस्ट पार्दैमा सङ्लिन्छ र साइनो एक झोक्का खुसीले नि पन्छाउन सक्छ पीरको तुवाँलो एउटै दृश्यमा अडिएका तिम्रा आँखालाई सुनाऊ न भूगोलको कथा ...
नेपालीसहित आठ देशका कलाकारले गाएको ‘सङ्गीतम् परमानन्दम्’ आउँदै

नेपालीसहित आठ देशका कलाकारले गाएको ‘सङ्गीतम् परमानन्दम्’ आउँदै

विराटनगर । विश्वका आठ मुलुकका कलाकारहरूले स्वर दिएको ‘सङ्गीतम् परमानन्दम्’ गीत बिमोचन गरिने भएको छ । जुन २१ तरिख अर्थात् विश्व सङ्गीत दिवसको अवसरमा उक्त गीत विमोचन गर्न लागिएको हो । सङ्गीतले नै प्रत्येक जात जाति, श्रेणी, धर्मलगायतले खडा गरेको बाधा अड्चन छेल्दै हामीलाई एक उच्च रमणीय अनुभवमा पुर्याउने उद्देश्यका साथ भारतीय महिला संगीतकारहरूको अगुवाइमा उक्त गीत बनाइएको हो ।  उक्त गीतले अनेकतामा एक...
विराटनगरको प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

विराटनगरको प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले स्थापना गरेको पुरस्कार यो वर्ष सातजना स्रष्टालाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएका कवि निबन्ध तथा आख्यानकार भुवन ढुङ्गानालाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी, लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार महेश संस्कृत गुरुकुलम् देवघाट तनहुँलाई, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार हास्य व्यंग्यकार लक्...
भोको पेटलाई खाली हुन… (गजल)

भोको पेटलाई खाली हुन… (गजल)

हेमराज ढकाल कर्णालीका आँशुले फेरि कर्णालीलाई नै बगाएको छ भोको पेटलाई खाली हुन पखालाले सघाएको छ यार्सागुम्बा र स्याउ बेचिएको गाउँ आज पनि रित्तो छ परदेशमा सन्तान बेच्ने राजधानी चैँ अघाएको छ शासन र सत्ताले दिएन नागरिकलाई बाँच्न यहाँ मृत्यु स्वीकारेर बाकसमा, देशले गुन लगाएको छ अझै पनि एम्बुलेन्स नपाएर सुत्केरी मर्ने देशमा बरु सरकारले ऋणमा शव–वाहन मगाएको छ कैयौं जीवनहरू तुइनमा पासो...
मनस्थिति (कविता)

मनस्थिति (कविता)

अम्बिका खरेल उप्रेती शारीरिक थकाइभन्दा पनि मानसिक थकाइले अत्यधिक गल्दो रहेछ शरीर मन मस्तिष्क विचलित हुँदा वा कमजोर मनस्थिति उत्पन्न हुँदा मलमल भुवादारी बिछ्यौनाले पनि च्वास्स च्वास्स घोच्दो रहेछ आँखा झिमिक्क पार्दा अँध्यारोले सताउँदो रहेछ सिमलको भुवा नि बिजाउँदो रहेछ फाइबरका सिरकले नि थिच्दो रहेछ जब एकल भइन्छ नि कोइलीको कुहु कुहुमा पनि धरधरी आँशु बग्छन् न्याउलीको विरहमा झैँ म...
भुलक्कड बटुवा (कविता)

भुलक्कड बटुवा (कविता)

अहिले घाम आमाको छातीमा नाचिरहेको छ उहिले आमा भन्नुहुन्थ्यो सिस्नोका झ्याङहरूमा फुल्दछ मान्छेको जीवन मलाई आदर्श सिकाउने मेरी आमा ठिक यतिखेर आश्रममा ख्याङ ख्याङ खोकिरहेकी छिन् । म कोलम्बसको पैतालामा उभिएर घटाइरहेछु सगरमाथाको उचाइ र भाँचिरहेछु आफ्नै हातखुट्टा किनकि म आधुनिक दास हुँ ! वर्तमानको लगामले मलाई नै थिचेको छ म हरेक दिन जीवन बेचेर निर्लज्ज मृत्युको गीत गाइरहेको हुन्छु ...
बाँचेको छु कसरी यो जिन्दगी ? (कविता)

बाँचेको छु कसरी यो जिन्दगी ? (कविता)

पीडाहरुलाई सिरानी लगाएर ढल्कन्छु साँझमा, चोटहरुलाई बिछ्यौना बनाएर पल्टन्छु रातमा, नसोध मलाई कर गरेर बाँचेको छु कसरी यो जिन्दगी ? नखोज मलाई बल गरेर धानेको छु है यसरी यो जिन्दगी । ०० छानी छानी रहरहरु तिलाञ्जली दिन्छु बेहोसीमै हराएर, कराउँछु आफैँभित्र कता कता इच्छाहरु सबै जलाएर, नभन मलाई मन दुख्ने गरी अचानो भई खपेको छु यो जिन्दगी नखोज मलाई बल गरेर धानेको छु है यसरी यो जिन्दगी ।। ...
बेलबारीमा बाल साहित्य कला महोत्सव

बेलबारीमा बाल साहित्य कला महोत्सव

विराटनगर । विद्यालयका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मोरङको बेलबारीमा बाल कला साहित्य महोत्सव सुरु भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबार सुरु भएको महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला सञ्चालन भइरहेका छन् । प्रतिष्ठानकी प्रतिनिधि रेखा सुबेदीका अनुसार यस अवसरमा बाल साहित्य र कलाबारे गहन छलफल समेत हुनेछ ...
साँडे गोरूहरू (कविता)

साँडे गोरूहरू (कविता)

विश्व परिवेश पेचिलो बनेर चराहरू खस्न थालेका छन् गन्तव्यमा पुग्नु अघि बाजको शिकार हुनु लक्ष्य बल्छी बनेर निलो सागरमा अड्कनु अक्सिजन फोक्सोमा पुग्न विर्सनु च्याउ जस्ता मान्छेहरू उम्रनु र सानो सलाई काँटीले उधुम मचाउनु । ब्वाँसाहरू शहर पस्नु एउटा मात्र पनि गाई नदेखिने गल्लीमा होक्राँ होक्राँ कराउँदै र नब्बे सालभन्दा अघिका घरका भित्तामा जुरो दल्नु रण्डा लाउँने काठ नभेटेपछि घरका भित्ताहरूमा...
मृत्यु उत्सव (कविता)

मृत्यु उत्सव (कविता)

दैवले नटार्ने हार ! धिपधिप छटपटाउँछ निभ्न लागेको दियो प्रचण्ड ज्वालामा दन्किँदै खरानी बन्छ आस्थाको सलेदो । लगभगको हिसाब ! स्याल जब घोर्ले हुन्छ उ शहर पस्छ भीडसँग निहुँ खोज्छ हुइयाँमा सिङ नभेटिएपछि प्राणको गुहार पनि मेटी जान्छ । हत्तपती थाहा हुँदैन ! खराब समयमा खराब खुट्याउनै गाह्रो असल छुट्याउनै गाह्रो जब रजगज लठ्ठिन्छ बुद्धिसँग विवेक छुट्टिजान्छ । भ्रमको पनि भ्रम ! भ्रममा ब...
मोरङको बेलबारीमा बाल कला-साहित्य महोत्सव हुने

मोरङको बेलबारीमा बाल कला-साहित्य महोत्सव हुने

विराटनगर । मोरङको बेलबारीमा ‘बेलबारी बाल कला-साहित्य महोत्सव २०८१’ आयोजना हुने भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने महोत्सवका अवसरमा बाल कला र साहित्यबारे विस्तृत अन्तरक्रिया गरिने भएको छ । महोत्सव आगामी जेठ १७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । यस अवसरमा विभिन्न विषयमा केन्द्रित रहेर कार्यशालाहरु सञ्चालन हुने जनाइएको छ । यसका लागि कार्यक्रम संयोजन गर्न बेलबारी...
सत्तामा पुगेपछि… (कविता)

सत्तामा पुगेपछि… (कविता)

सत्तामा पुगेपछि तिमी जब फस्छौ सत्तामोहको चक्रब्युहमा र थाल्छौ राज्यशक्तिकै हस्तमैथुन तब स्खलित हुन्छन् हाम्रा सपनाहरु ! सत्तामा पुगेपछि तिमी जब बोक्न थाल्छौ पदलोलुपताको भारी र बन्न खोज्छौ कुनै विदेशी एजेन्टको उत्तराधिकारी तब स्खलित हुन्छन् हाम्रा चाहनाहरु ! सत्तामा पुगेपछि... जब खुल्न थाल्छ तिम्रो खोक्रो राष्ट्रवादको नकाव र सुँघ्न बाध्य हुन्छौ तिमी अल्पमतको गन्ध तब देखाउन थाल्छौ...
error: Content is protected !!