संगालोखबर


धनकुटा । ‘पाख्रीबास काव्य शृङ्खला’ मा कवि मुकुन्द प्रयासले एकल कविता वाचन गरेका छन् । धनकुटाको पाख्रीबास नगरपालिका-४ मा रहेको संसारी सिमसार पर्यटकीय स्थलमा आयोजना गरिएको कार्यक्रममा कवि प्रयास गुञ्जिएका हुन् ।

पाख्रीबास कला साहित्य समाजको आयोजना तथा स्थानीय डिबी तामाङको सहयोगमा हिजो भएको कार्यक्रममा दर्जन बढी कविता सुनाएका थिए । परिचय, युद्धको गीत, देश-मधेश र पहाड, रूप, मन्दिर बाहिर, भ्यु टावरको बिरुद्दमा, भेट अनुभूति, शाश्वत प्रेम, जितको चक्रव्यूह, सेतो रंग, बृद्धानुभूति, पहिरोमा हामी, आमाको तस्बिर प्रेमी अर्थात हनुमान र बाँसमा लगायतका कविता सुनाए ।

Advertisement

कवि प्रयासले कवितासँगै आफ्ना गीतहरू पनि गाए । उनि हाल धनकुटामा बसेर कला सहित्य तथा विभिन्न विधामा कलम चलाउँदै आएका छन् । प्रयासका ‘एक झोला इन्द्रेणी’ (कविता संग्रह), दुई सयभन्दा बढी साहित्यिक कृतिका आवरण, पत्र-पत्रिका, पुस्तकहरू र पोर्टलमा आवरण डिजाइन, एक हजार भन्दा बढी कविता तथा गजल प्रकाशन भएका छन् ।

उनले धनकुटाको महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाको लोगो समेत डिजाइन गरेका छन् । उनले भानु स्वर्ण पदक २०७१ सहित दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान पाइसकेका छन् ।

सोही अवसरमा डीबी तामाङ, ध्रुव एलेक्स, घनश्याम बराल, अनिल सुवेदी, नमुना नेपाल, भीम विरही राई लगायतले पनि आ-आफ्ना रचना वाचन गरेका थिए ।

धनकुटाका चित्रकार डिल्लिकृष्ण आलेले कार्यक्रम स्थलमा कवि प्रयासको चित्र कोरेर हस्तान्तरण गरेका थिए । पाख्रीबास कला साहित्य समाजलाई चलायमान बनाउन कार्यक्रमको आयोजना गरिँदै आएको समाजका सचिव ध्रुव ऐलेक्सले बताए ।

यसले लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न र नयाँ सर्जकलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!