संगालोखबर


विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । १३७ वटा स्थानीय तहका शिक्षा अधिकृत, कोशी प्रदेशका १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तथा शिक्षा तालिम केन्द्र, सामाजिक विकास मन्त्रालय विराटनगर, नगरपालिका सङ्घ र नेपाल गाउँपालिका महासङ्घका प्रतिनिधिको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

पुस १ गतेदेखि सुरु भएको कार्यक्रम ५ गतेसम्म सञ्चालन हुनेछ । जसमा शिक्षासँग सम्बन्धित विभिन्न नीति, नियम, कानुन, निर्देशिका तथा मापदण्ड र वार्षिक कार्यक्रम कार्यान्वयनका विषयमा अभिमुखीकरण प्रदान गरिने छ ।

Advertisement

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा अभिमुखीकरण कार्यक्रम भएको हो । अभिमुखीकरण कार्यक्रममा १५० भन्दा बढी अधिकृतहरू उपस्थित छन् ।

वर्तमान शिक्षाका नियम, कानुन, निर्देशिका, नीति लगायतलाई अझ उन्नत र विकास गर्नको लागि अभिमुखीकरण आयोजना गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकालले बताए ।

एक्काइसौँ शताब्दीमा प्रविधिमैत्री, सीपमूलक र विश्वसँग प्रतिस्पर्धा गर्ने शिक्षा आवश्यक रहेकाले शिक्षा क्षेत्रको व्यापक सुधार गरेर अगाडि बढ्नुपर्ने ढकालले बताए । यसअघि ६ वटा प्रदेशमा यस्तो तालिम सम्पन्न भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश सचिव उद्धवप्रसाद रिजाल, शिक्षा विकास निर्देशनालय धनकुटाका प्रमुख निर्देशक कृष्णप्रसाद पोखरेल,  शिक्षा तालिम केन्द्र इनरुवाका प्रमुख गोपाल प्रसाद दाहाल र युनिसेफका प्रतिनिधिको सहभागितामा अभिमुखीकरण सम्पन्न हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!