सायदै,
अब धेरै थोक आउँछ
या, केही आउँदैन ?
अब ईश्वरले आकाश दुलो पारेर
दुष्टहरूलाई माथिबाटै प्रहार गर्ने
मिसाइल आउन सक्छ

अब रोबर्टहरूले
माथि-माथि उडेर चुम्बन गरेको दृष्य आउँछ
त्यति मात्र होइन अलि पछि
यौनको अनौठो प्रक्रिया आउँछ

हिजो चरालाई हेरेर हवाइजहाज आयो
हवाइलाई हेरेर रकेट आयो
अब रकेटलाई हेरेर अन्तरिक्षमा वैज्ञानिक वस्ति आउँछ
उनीहरूले त्यहाँबाट धर्तीमा मुतिदिन्छन्
हामी त्यसलाई झर्ना ठानेर
नेकेड डान्स इन द झर्ना गर्छौँ

हिजो पानी नभएको समयमा
ज्वालामुखी फुटेर पानी आयो
आज पानी भएको समयमा
पानीले सुनामी ल्यायो
अब सुनामीले तुफान ल्याउँछ
पूर्वलाई पश्चिम पुर्‍याइदिन्छ
पश्चिमलाई पूर्व ल्याइदिन्छ
त्यसो हुँदा अब विकास आउँछ
अलौकिक समृद्धिको कम्पन आउँछ

रातमाटे र चिलाउने पाखो हलोले चिरेर
चामल बनाइ बाँचेको युगमा
अब कन्डमहरूले बनाएको प्लास्टिकको भुँडी आउँछ
जहाँ नकुहिने वस्तु खाने हो भित्रै रिफाइन गर्ने हो
अब लग्जरीमा बाँच्ने
आनन्दको सिरक ओढेर सुत्ने दिन आउँछ
अन्तिममा
कि अब बनिने आशा आउँछ
कि भत्किएर सकिने पहिरो आउँछ

ध्रुव एलेक्स
पाख्रीबास, धनकुटा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!