विराटनगर । स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा विराटनगरका कवि हरी कट्टेल र सुनसरीका कवि किरण शिवा प्रस्तुत हुँदै छन् । आज आरोहण गुरुकुल हाटखोलामा हुने कार्यक्रममा कट्टेल र शिवा प्रस्तुत हुन लागेका हुन् ।
विराट आदर्श साहित्य मञ्चको आयोजनामा हुने कार्यक्रममा युवा सम्मानबाट विराटनगरका पत्रकार प्रेम देवानलाई सम्मान गरिने मञ्चका अध्यक्ष कटवाल दिपकले जानकारी दिए ।
कार्यक्रम आज दिउँसो दुई बजे सुरु हुनेछ । यसअघि मञ्चले विराटनगरसहित देशका विभिन्न स्थानमा स्रष्टा र सिर्जनाका अन्य शृङ्खला गरिसकेको छ ।