तिम्रो आगमन पछि (कविता)
तिमी कस्तो-कस्तो भएर आयौ
सम्झनाको स्केचमा !
कहिं कतै नदेखिएको
कसैलाइ थाहा नभएको
नयाँ क्राफ्ट या अबिस्कार जस्तो
जब तिमी हावामा आकार भएर आयौ
तब मलाइ थाहा भयो
यी प्रत्येक आकार भन्दा
अझ पृथक आकार पनि हुँदो रहेछ ।
जब सुने
त्यो पहिलो आवाज
तब लाग्यो किन यो यति प्रेमिल छ
जब देखे त्यो पहिलो तस्बिर
तब लाग्यो किन यो यति सुन्दर छ ?
यी प्रत्येक अनुभबले सिकाउने
जीबनको बिशिष्ट लय
एक उ...
