संगालोखबर

काठमाडौँ । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ लाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो ।

Advertisement

पुरस्कारको राशि चार लाख रुपैयाँ छ । यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो । छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन थिए ।

यसैगरी यस वर्षको जगदम्बाश्री २०८० बाट प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

२०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!