Advertisement

जलेर खरानी बनेको खोक्रो घरलाई
सिङ्गारेर चम्किलो र भरिलो बनाउन
साहस जुटाएकी माता सफलतको कामना
नयाँ नेपालकी नयाँ माता, सफल कार्यकालको शुभकामना
तर माता ! एक पटक गहिरिएर सोच्नुहोस् त
नेपाल र नेपालीले चाहेको, परिवर्तनको स्वरुप यहि हो त ?
उपलब्धि र सत्ता हत्याउने प्रक्रिया यहि हो त ?

साच्चै ! जेन जी समूहको लिडर कता हराए ?
के हो जेन जी ?
को हुन जेन जी ?
परिवर्तनको स्वरुप खै ? के नयाँ भयो र
न त गोली हान्नेले सोच्यो ?
न त सलाई कोर्नेले नै ?
कसलाई कति दुख्यो, कि दुखेन गोली लागि ढल्दा ?
जल्यो कि जलेन छाती नेपाल बलिरहँदा
एकै छिनको आबेग र आक्रोशले हेर सबै खरानी भयो ।
कलिला मस्तिष्क अस्ताए
तिनका सपना बिलाए
परिवर्तनको स्वरुप खै ? के नयाँ भयो र
भन त अब, केलाई जित भन्ने केलाई हार !
ती, आमाको रित्तो काख कसरी भरिएला ?
ती, टुहुरा बालबच्चाको अभिभारा कस्ले बोकीदेला ?
उजाडिएका सिउँदोको खुशी कसले फर्काइदेला ?
आमा ! उपलब्धि र सत्ता हत्याउने प्रक्रिया यही हो त ?
नेपाल र नेपालीले चाहेको, परिवर्तनको स्वरुप यहि हो त !

साँच्चै, जेन जी समूहको लिडर कता हराए ?
के हो जेन जी ?
को हुन जेन जी ?
परिवर्तनको स्वरुप खै ! के नयाँ भयो र ?
न त गोली हान्नेले सोच्यो ?
न त सलाई कोर्नेले नै ?
कसलाई कति दुख्यो, कि दुखेन गोली लागि ढल्दा ?
जल्यो कि जलेन छाती नेपाल बलिरहँदा
हामीले जित्यौं भनी दिपावाली मनाई रहँदा
देशकै धरोहर मानिने
सिंहदरबार जलिरह्यो
न्यायको धरोहर सर्वाेच्च अदालत बलिरह्यो
संसद भवन ,राष्ट्रपति कार्यलय ध्वस्त भइरहे
सयौं सरकारी कार्यालय
प्रहरी कर्यलय सबै खरानी भए
कारागारमा रहेका कैदी भागे
सयौं हत्यारा भागे
सयौं अपराधी भागे
जताततै लुटपाट मच्चियो
खै कसको जीत भयो ?
जीत भन्दा हार बढी भयो, होइन र ?
आमा ! उपलब्धि र सत्ता हत्याउने प्रक्रिया यही हो त ?
नेपाल र नेपालीले चाहेको परिवर्तनको स्वरुप यही हो त !

साच्चै, जेन जी समूहको लिडर कता हराए ?
के हो जेन जी ?
को हुन जेन जी ?
परिवर्तनको स्वरुप खै ? के नयाँ भयो र !
न गोली हान्नेले सोच्यो ?
न सलाई कोर्नेले ?
कसलाई कति दुख्यो, कि दुखेन गोली लागि ढल्दा ?
जल्यो कि जलेन छाती नेपाल बलिरहँदा
कसले जित्यो, कस्ले हार्याे समयले बताउला !
विश्वसामु गोर्खाली भनेर चिनिएको नेपालले भने पक्कै हार्याे ।
अघिल्तिर लमक्क लम्कन खोजेको
नेपालको खुट्टा पछिल्तिर तनक्क तानियो
भबिस्य तानियो
अब, त्यही नेपाल बनाउन कति वर्ष लाग्छ !
हरेक १० वर्षमा भत्काउने–बनाउने, बनाउने–भत्काउने !
के यो परिवर्तन हो त ?
के यो उपलब्धि हो त ?
होइन यो परिवर्तन होइन
यसलाई परिवर्तन भन्न मिल्दैन
अनि, उपलब्धि भन्न पनि मिल्दैन आमा
आमा ! यो एउटा अराजकता हो
आमा ! यो त अपराध हो ।
आमा ! उपलब्धि र सत्ता हत्याउने प्रक्रिया यही हो त ?
नेपाल र नेपालीले चाहेको, परिवर्तनको स्वरुप यही हो त !

साँच्चै, जेनजी समूहको लिडर कता हराए ?
के हो जेनजी ?
को हुन जेनजी ?
परिवर्तनको स्वरुप खै ? के नयाँ भयो र
न त गोली हान्नेले सोच्यो ?
न त सलाई कोर्नेले नै ?
कसलाई कति दुख्यो, की दुखेन गोली लागि ढल्दा ?
जल्यो कि जलेन छाती नेपाल बलिरहँदा
अब, यसलाई उपलब्धि मान्ने कि नमान्ने आमा
कति लाग्ला फेरि बनाउन
यो परिणामको भागिदर को होला आमा ?
बनाउने जिम्मा कस्ले लेला ?
के जेनजी समूह बिनालिडर नै आन्दोलनको मैदानमा पुग्यो होला त ?
के आन्दोलनमै लिडरले वीर गति प्राप्त गरेको हो त ?
जेनजीले हामीले गरेको होइन भनेर पन्छिन पाउँछन र ?
आन्दोलन गर्ने जेनजी
सत्ता हत्याउने जेनजी
प्रधानमन्त्री चुन्ने जेनजी
उपलब्धिको दिपावाली मनाउने जेनजी
अनि आमा ! जेनजी अन्दोलनमा भएका
अराजक र आपराधिक गतिविधि
मैले गरेको होइन भनेर पन्छिन मिल्छ ?
नैतिकताको हिसाबले पनि पक्कै मिल्दैन
आमा ! उपलब्धि र सत्ता हत्याउने प्रक्रिया यही हो त ?
नेपाल र नेपालीले चाहेको, परिवर्तनको स्वरुप यही हो त !

साच्चै, जेनजी समूहको लिडर कता हराए ?
के हो जेनजी ?
को हुन जेनजी ?
परिवर्तनको स्वरुप खै ? के नयाँ भयो र
न त गोली हान्नेले सोच्यो ?
न त सलाई कोर्नेले नै ?
कसलाई दुख्यो, की दुखेन गोली लागि ढल्दा ?
जल्यो की जलेन छाती नेपाल बलिरदा
जेनजीको योजना के थियोे ?
सत्ता र नेतृत्व हत्याउने की मागहरू सम्बोधन गराउने ?
पक्कै, योजनाकार त कोही न कोही त छ
जेनजी उमेर समूह भनेर जेनजी हुल बनेर
आन्दोलनको पछि लाग्नेहरू
काग कराएकै भरमा पछि लाग्या हो त ?
काग कराएकै भरमा पछिलागे पनि
काग कुन दिशा देखि करायो भन्ने त याद होलानी ?
जेनजीको हुलमा होमिनेहरू लिडर यो हो भनेर
चिनाउने हिम्मत पनि जुटाउन सक्दैनौ त ?
सत्तै हातमा लिने गरी आन्दोलनमा होमिँदा
हातमा आएको सत्ता समाल्न सक्ने खुबी र हिम्मत भएको
प्रतिनिधिनै तयार नगरी जेनजी होमिएको हो त ?
होला ! जेनजीको नाममा अराजक समूहले मौकाको फाइदा उठाउँदै
तोडफोड र आगजनी घटना घटाए होलान
तर आफ्नो हुलमाको मिसियो, के मिसायो ?
चील मिसियो कि अजिङ्गर
एकिन त जेनजीले गर्नुपर्छ नि ?
आमा ! उपलब्धि र सत्ता हत्याउने प्रक्रिया यही हो त ?
नेपाल र नेपालीले चाहेको, परिवर्तनको स्वरुप यही हो त !

साँच्चै, जेनजी समूहको लिडर कता हराए ?
के हो जेनजी ?
को हुन जेनजी ?
परिवर्तनको स्वरुप खै ? के नयाँ भयो र
न त गोली हान्नेले सोच्यो ?
न त सलाई कोर्नेले नै ?
कसलाई कति दुख्यो, की दुखेन गोली लागि ढल्दा ?
जल्यो कि जलेन छाती नेपाल बलिरहँदा
सबै ठाउँमा एकै प्रकृतिका घटना !
एकै समयमा घट्नु
अकास्मत सिर्जना भएको परिस्थितिको परिणाम हुन सक्छ र आमा ?
१२ वर्षे माओवादी आन्दोलनमा
दिनकै योजना बनाउँदै आक्रमण गर्दा पनि
यति धेरै सामाजिक संरचना, ऐतिहासिक बस्तुहरू क्षति भएका थिएनन्
एक आधा घण्टामा बिना योजनानै, यत्तिका क्षती भए त ?
कदापी, जेनजीले विध्वंस मैले मचाएको होइन भन्न नै पाउँदैन
गोलि चलाएर बालबालिकाको हत्या गन
जथाभावी तोडफोड र आगजनी गर्ने
दुबै समूहको पहिचान गरी
कानुनी दायरामा ल्याउने जिम्मा र
भत्किएका संरचना
पुनः निर्माण गर्ने कार्य जेनजीले गर्नैपर्छ
चाहे आफैं जिम्मा लिएर होस्
चाहे हुलमा मिसिएकाको पहिचान गरेर
आमा ! उपलब्धि र सत्ता हत्याउने प्रक्रिया यही हो त ?
नेपाल र नेपालीले चाहेको, परिवर्तनको स्वरुप यही हो त !

साँच्चै, जेनजी समूहको लिडर कता हराए ?
के हो जेनजी ?
को हुन जेनजी ?
परिवर्तनको स्वरुप खै ? के नयाँ भयो र
न त गोली हान्नेले सोच्यो ?
न त सलाई कोर्नेले नै ?
कसलाई कति दुख्यो, की दुखेन गोली लागि ढल्दा ?
जल्यो कि जलेन छाती नेपाल बलिरहँदा
सबै ठाउँमा एकै प्रकृतिका घटना !
ऋामा ! वर्तमान जेनजी भबिश्यका जेनजी र
समाजका अराजक ब्याक्तित्वलाई
नैतिक आचरणको पाठ पढाएर
सभ्य र कर्तब्यनिष्ठ नागरिक बनाउने जिम्मा पनि तपाईंको नै हो है
साथसाथै आबेगका अराजक गतिविधिले
आफ्नै सत्यनास हुन्छ भन्ने सन्देश फैलाउनुहोस है

आशा छ अब, हराएका जेनजी भेटिनेछन्
नेपाल बदलिनेछ ।
हरेक बालबालिकाले उचित शिक्षा पाउने छन्
दुई छाक जुटाउन र टाउको लुकाउनको लागि
प्रत्येक नागरिकलाई सक्षम बनाउन रोजगारको व्यवस्थापन गर्न
उद्योगधन्दा विस्तार हुनेछन्
हरेक नागरिको स्वास्थ उपचार पाउने अधिकार सुरक्षित हुनेछ
समृद्ध र सुखी नेपालीको नारा सार्थक बन्ने छ
जलेर खरानी बनेको खोक्रो घरलाई
सिंगारेर चम्किलो र भरिलो बनाउन
साहस जुटाएकी माता फेरि पनि सफलताको कामना
नयाँ नेपालकी नयाँ माता, सफल कार्यकालको सुभकामना

०००००००
सञ्जु सुवेदी
महालक्ष्मी नगरपालिका-७, धनकुटा 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!