संगालोखबर


धनकुटा । प्रगतिशिल लेखक संघ (प्रलेस) धनकुटाको अध्यक्षमा ध्रुव एलेक्स पौडेल चयन भएका छन । शुक्रबार भएको चौथो जिल्ला अधिवेशनबाट धुव्र अध्यक्षमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा ईश्वर थापा, सचिवमा सन्तोष सुवेदी, कोषध्यक्षमा रेणु पौड्याल चयन भएका छन् । त्यसैगरी सदस्यमा राधिका दाहाल, तारा काफ्ले, सन्दिप चेम्जोङ चयन भएका छन् । अन्य चार जना भने कार्यसमितिले मनोनयन गर्ने छ ।

Advertisement

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रगतिशील लेखक संघ प्रदेश सदस्य तथा धनकुटा इन्चार्ज माधव पोख्रेल ‘गोज्याङ्ग्रो’, निवर्तमान अध्यक्ष रमेशचन्द्र अधिकारी, साहित्यकार घनश्याम बराल ‘औलाली’, प्रा.डा. गोपाल बहादुर भट्टराई र आनन्द सन्तोषी राई लगायतले बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रलेसलाई थप चलायमान बनाउन विभिन्न कार्यक्रम आयोजना गरिने नवनिर्वाचित अध्यक्ष धुव्रले बताए । जिल्लामा हुने साहित्यिक कार्यक्रमलाई थप अगाडि बढाइने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!