सुनवर्षी बंगाली टोलका लक्ष्मी पासवान भन्छन् : बस्ने ठाउँ छैन, यो जाडोमा कहाँ जानु ?
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ टकुवा स्थित बंगाली टोलका लक्ष्मी पासवान पाँच दशकपछि कै धेरै पीडामा छन् । अन्य समयमा पनि पीडा नभएको हैन । दैनिक ज्याला मजदुरी गर्दै जिविकोपार्जन गर्नुपर्ने टड्कारो एकातिर छँदैछ ।
अर्कोतर्फ बस्दै आएको घर पनि अदालतको आदेशपछि भत्कियो । उनको घर ऐलानी जग्गामा थियो । बंगाली पासवान, लक्ष्मीका बुबा हुन् । उनकै नामबाट टोलको नाम समेत रह्यो । तर अहिले सोही टोलबाट उठिब...