विराटनगर । विराटनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे विराटनगर-१४ हिमाल आँखा अस्पताल अगाडि रानीबाट विराटनगर आउँदै गरेको बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बसको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको हो । प्र १-०१-००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिँदा खातुन गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि कोशी अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको लम्सालले संगालोखबरलाई जानकारी दिए । बसको ठक्करबाट खातुनको टाउकोमा चोट लागेको थियो ।
बस चालक विराटनगर-१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।