विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार एक हजार छ सय रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने यथावत छ ।
महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको थियो ।