डेढ बर्षदेखि ओछ्यानमै दिसा पिसाव, पैसा नहुँदा भएन उपचार

डेढ बर्षदेखि ओछ्यानमै दिसा पिसाव, पैसा नहुँदा भएन उपचार

धनकुटा । ४० बर्षको जल्दोबल्दो उमेर । परिवार र छोराछोरीको उज्वल भविष्यका लागि आधार निर्माण गरिदिने बेला । हो, यस्तै बेला धनकुटाका बोधराज ढुंगानाको जिन्दगीमा ‘ब्रेक’ लागेको छ । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ढुंगाना अहिले धनकुटा बजारको एउटा कोठामा कहालिलाग्दो जीवन बिताउँन बाध्य छन् । दुबै खुट्टा भएर पनि उनी १५ महिना अघिदेखि ओछ्यानबाट उत्रन सकेका छैनन् । ढोका खुल्ला भएर पनि उनलाई त्यही कोठा बन्...
रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ

रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ

धनकुटा । उमेरले ६० काटेका हिरालाल गन्दर्भले सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो । धनकुटाको विहिवारे हटिया नजिक परिवारसँगै वस्दै आएका उनले अहिले जति पीडा भोगेका छन्, त्यति पीडा पाँच दशक नजिक पुगेको सारंगी यात्रामा कहिल्यै भोगेका थिएनन् । उनलाई कोरोनाको डरले भन्दा पनि बन्दाबन्दीमा दुई छाकको जोहो गर्न मुस्किल परेको पीडाले सताएको छ । हाट, वजारहरुमा दैनिक जसो सारंगी रेटेर गीत गाउँदै गुजारा चलाउने हिराल...
एउटै खुकुरीको मूल्य ६० हजार !

एउटै खुकुरीको मूल्य ६० हजार !

बेलबारी । एउटै खुकुरीको मूल्य ६० हजार पर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सुन्दा अचम्म लागेपनि, यो सत्य हो । मोरङको बेलबारीमा खुकुरी उद्योग खोलेर बसेका एक उद्यमीले तयार गरेको खुकुरीको मूल्य ६० हजार तोकेका छन् । विश्वकर्मा कृषि औजार उद्योगका संचालक शेरबहादुर विश्वकर्माले नेपालको नक्सासहितको खुकुरीको मूल्य ६० हजार राखेका हुन् । उनले बनाएका खुकुरी २५ सयदेखि ६० हजारसम्मका छन् । ३० दिन मेहनत गरे...
धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण

धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण

धनकुटा । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ मा धनकुटाका लागि २ अर्ब २७ करोड ६५ लाख बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेटमा जिल्लाका तीन नगरपालिकालाई १ अर्ब १२ करोड १० लाख र चार गाउँपालिकालाई १ अर्ब १५ करोड ५५ लाख बजेट छुट्याईएको हो । जसमध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकालाई ४५ करोड ३५ लाख बजेट तोकिएको छ भने सबैभन्दा कम सहिदभू...
महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

धनकुटा । धनकुटामा एक बालिकामाथि लामो समययता यौन शोषण हुँदै आएको रहस्य खुलेको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि महिनौं अघिदेखि केहि प्रतिष्ठित व्यक्तिहरुले पटक–पटक यौन शोषण गर्दै आएको रहस्य खुलेको हो । चार जना व्यक्तिबाट पटक–पटक यौन शोषणमा पर्दै आएकी ती बालिकामा गर्भ बसेपछि घटनाको रहस्य बाहिर आएको छ । बालिकाको पेट अस्वभाविक रुपमा बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा यौन शोषणको रहस्य ख...
लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत

लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत

नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि सरकारले संक्रमण थप फैलन नदिन देशभर लकडाउन गर्यो । अहिले लकडाउन दुई महिना पुग्न लागेको छ । यो अवधिमा संक्रमितको संख्या पनि एक, दुई हुँदै तीन अंकमा चढिसकेको छ । अर्थात, सयबाट उकालो लागेर दैनिक ठूलो संख्यामा संक्रमण पुष्टि हुँने क्रम पनि सामान्य बन्दै गएको छ । सोमबार एकैदिन २४ जनामा संक्रमण देखिएसँगै अहिले संक्रमितको संख्या १ सय ३४ पुगेको छ । यो संख्याको रे...
सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)

सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)

धनकुटा । मानसिक सन्तुलन गुमाएर बर्षौ अघिदेखि धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका भीमप्रसाद अधिकारीलाई सडकबाट उद्धार गरिएको छ । स्थानीयबासीको पहलमा उद्धार गरेर अधिकारीलाई उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल ल्याईएको हो । उनलाई नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन् । महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका ५० बर्षीय अधिकारीले मानसिक समस्याबा...
संगालो समाचार प्रभाव: तस्करी छानविनमा अधिकृत खटाइयो, सशस्त्रले बुझायो काठ

संगालो समाचार प्रभाव: तस्करी छानविनमा अधिकृत खटाइयो, सशस्त्रले बुझायो काठ

धनकुटा, २४ जेठ । सशस्त्र प्रहरीका डिएसपीको संलग्नतामा शसस्त्रकै गाडीमा राखेर गरिएको सखुवाको अवैध काठ तस्करीका बिषयमा छानविनका लागि जिल्ला बन कार्यालय धनकुटाले बिहिबार अनुसन्धान अधिकृत खटाएको छ । सहायक जिल्ला बन अधिकृत शिवसंकर ठाकुरलाई अनुसन्धान अधिकृतका रुपमा खटाईएको जिल्ला बन अधिकृत कृष्णप्रसाद वस्तीले संगालोखबरलाई जानकारी दिए । संखुवासभाको चैनपुरबाट करिव एक सय क्यूफिट सखुवाको अवैध काठ बिराटनगर...
सशस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा

सशस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा

धनकुटा, २४ जेठ । सखुवाको अवैध काठ तस्करी गर्न सशस्त्र प्रहरीका डिएसपीले सशस्त्रकै गाडी प्रयोग गरेको तथ्य फेला परेको छ । धनकुटाको मुलघाटमा सशस्त्र प्रहरीकै गाडीबाट सोमबारराति सखुवाको अवैध काठ बरामद भएपछि काठ तस्करीमा सुरक्षा निकायकै संलग्नता पुष्टि भएको हो । संखुवासभाको चैनपुरबाट सखुवाको अवैध काठ बिराटनगर लैजादै गर्दा चैनपुर स्थित सशस्त्र प्रहरीको अरुण गुल्मको बा.१ ग.१६६९ नम्बरको गाडी मुलघाटबाट ...
धनकुटेलीका धारामा लेदोसहितको धमिलो पानी !

धनकुटेलीका धारामा लेदोसहितको धमिलो पानी !

धनकुटा, २२ जेठ । धारामा नियमित खानेपानी नआउने र आउँदा पनि लोदोसहितको धमिलो पानी आएर समस्या झेल्दै आएका धनकुटा नगरबासीले मंगलवार नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा धर्नासहित प्रदर्शन गरेका छन् । उपभोक्ता समितिको ध्यानाकर्षणका लागि धमिलो पानीको बोतलसहित उपभोक्ताहरु खानेपानी कार्यालय पुगेका थिए । उनीहरुले शुद्ध खानेपानी पाउनुपर्ने माग गर्दै कार्यालयमा धर्नासहित केहि समय प्रदर्शन ग...
धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटा, २२ जेठ । धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवाले आधुनिक सूचना यन्त्र आविष्कार गरेका छन् । सहिदभूमि–४ खोकुका २३ बर्षीय कोखमान राईले सीसी क्यामेराको सट्टामा प्रयोग गर्न र सुरक्षा सर्तकर्ता अपनाउँन उपयोगी फरक प्रकारको सूचना यन्त्र निर्माण गरेका हुन् । यो यन्त्रलाई राईले अटोमेटीक फोन रिडायल सिस्टम (एपीआरएस) नाम दिएका छन् । काठका टुक्रा, टिनका पाता, डीसी मोटर, रबरका पाङ्ग्रा लगायत सामान मिल...
संगालोखबर समाचार प्रभाव : नगरपालिकाले पुर्‍यो सडकको ‘ज्यानमारा भ्वाङ्ग’

संगालोखबर समाचार प्रभाव : नगरपालिकाले पुर्‍यो सडकको ‘ज्यानमारा भ्वाङ्ग’

धनकुटा, ९ जेठ। सवारी आवतजावतमा समस्या र जोखिम हुनेगरी धनकुटा नगरपालिका–५ टुँडिखेल नजिक सडकमा परेको खाडल नगरपालिकाले बुधबार पुरेको छ । करिव एक साता अघि सडकमा भ्वाङ्ग परेर यातायात आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको थियो । तर, मर्मतमा ढिलाई भएको गुनासो आएपछि मंगलवार संगालोखबरले ‘धनकुटामा सडक भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित’ शिर्षकमा प्राथमिकताक...
धनकुटामा सडक भ्वाङ्ग परेपछि समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित

धनकुटामा सडक भ्वाङ्ग परेपछि समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित

धनकुटा, ८ जेठ । धनकुटा नगरपालिका–५ टुडिखेल नजिक व्यस्त वजारको विच सडकमा भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या भएको छ । सडकमा भ्वाङ्ग परेर दुर्घटनाको जोखिम बढेपनि मर्मतमा ढिलाई गरिएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । करिव एक साता अघि सडकको विच भागमा भ्वाङ्ग परेका कारण ठूला सवारी साधन आवतजावतमा समस्या छ । ओरालो सडकमा भ्वाङ्ग परेकाले मोटरसाईकल लगायत साना सवारीलाई दुर्घटनाको जोखिम बढी छ । सो स...
दिलुङटारका बालबालिका जोखिम मोलेर स्कुल जाँन बाध्य, तमोरमा खस्ने त्रास

दिलुङटारका बालबालिका जोखिम मोलेर स्कुल जाँन बाध्य, तमोरमा खस्ने त्रास

छिन्ताङ, २ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको दिलुङटारका बालबालिकाहरु कष्टपूर्ण यात्रा गरेर बिद्यालय जान वाध्य छन् । दिलुङटारमा प्राथमिक तहसम्म मात्र बिद्यालय भएकाले शहिदभूमी गाउँपालिकाको आदर्श माध्यमिक बिद्यालय जानुपर्ने बाध्यता छ । तर, बाटोमा गएको सुख्खा पहिरोका कारण बालबालिका जोखिम मोलेर स्कुल जान बाध्य बनेका हुन् । साँगुरीगढी गाउँपालिकाले दिलुङटारदेखि सानो सफाइसम्म सडक बनाएको भएपनि मा...
केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

धनकुटा, १७ बैशाख । सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् । ठगी ग...
युवामा पशुपालनको आकर्षण, गुरुङले दुध बेचेरै कमाउँछन मासिक २ लाख

युवामा पशुपालनको आकर्षण, गुरुङले दुध बेचेरै कमाउँछन मासिक २ लाख

धनकुटा, २१ चैत । पछिल्लो समय धनकुटाका युवाहरु व्यावसायिक पशुपालनमा आकर्षित भएर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका भरत गुरुङ यसको गतिलो उदाहरण हुन् । गुरुङले गाईको दुध बिक्रि गरी मासिक २ लाखसम्म आम्दानी गर्दै आएका छन् । नजिकैको कामधेन दुग्ध सहकारी संस्थाको दुध संकलन केन्द्रमा दैनिक २ सय लिटर दुध बिक्री गर्दै आएका गुरुङले अव दैनिक ५ सय लिटर दुध बिक्रि गर्ने ...
धनकुटाका ‘मुरली वा’ को यस्तो छ मुरली मोह (भिडियोसहित)

धनकुटाका ‘मुरली वा’ को यस्तो छ मुरली मोह (भिडियोसहित)

धनकुटा, १८ फागुन । आधुनिक बाजाका कारण मुरली लोप हुँने अवस्थामा पुगेपनि धनकुटाका ‘मुरली वा’ को मुरली मोह अझै पनि उत्तिकै छ । धनकुटा–७ हुलाकटोलमा बस्दै आएका ८२ बर्षीय साहित्यकार पिताम्वर भट्टराई ‘मुरली वा’ कै नामले परिचित छन् । २५ बर्षअघि देखि बोक्दै आएको मुरली संगालोकर्मीलाई देखाउँदै भट्टराईले भने ‘यो मुरलीसँग मेरो साईनो छुट्नै नसक्ने गरी गासिएको छ ।’ दक्षिणा रहित पुरोहित, मुक्का मुक्की र रसामृत क...
ओख्रेमा भ्यूटावर बनेपछि पर्यटकको आकर्षण

ओख्रेमा भ्यूटावर बनेपछि पर्यटकको आकर्षण

धनकुटा, १२ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ ओख्रे थामडाँडामा भ्यूटावर निमार्ण भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम वढेको छ । ओख्रे भ्यूटावर निमार्ण भएपछि ओख्रे बजारमा चहलपहल वढ्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल वनेको छ । भ्यूटावरसहित पर्यटकीय पुर्वाधार निमार्णका लागी पर्यटन मन्त्रालय मार्फत पर्यटन कार्यालय काकडभिट्टाले ४० लाख लगानी गरि सकेको छ । ओख्रे बजारवाट करिव २५ ...
प्रहरीको ज्यादती बढ्यो, प्रतिकार गर्ने स्थानीयको चेतावनी 

प्रहरीको ज्यादती बढ्यो, प्रतिकार गर्ने स्थानीयको चेतावनी 

धनकुटा, ५ माघ । धनकुटामा निषेधाज्ञाका नाममा प्रहरीको ज्यादती बढेको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । आन्दोलन हिंसात्मक बनेपछि बिहीबार बिहान साँढे ११ बजेबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा ५ जनासम्म हिडडुल गर्न पाउँने प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती बताउँछन् । तर, अत्यावश्यक कामका लागि एक्लै हिड्दासमेत प्रहरीले गालीगलौज गरी कुटपिट गर्ने ग...
धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै सरकार बिरुद्ध प्रदर्शन

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै सरकार बिरुद्ध प्रदर्शन

धनकुटा, ३ माघ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ । सरकार बिरुद्ध नाराबाजी गर्दै धनकुटेलीले जिरोपईन्टमा देउवाको पुत्ला जलाएका हुन् । सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद जस्ता नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको हो । सरकारले धनकुटा आन्दोलनको विरुद्धमा निर्णय गरेकाले अव आन्दोलन श...
आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, स्थिती तनावपूर्ण (भिडियोसहित)

आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, स्थिती तनावपूर्ण (भिडियोसहित)

धनकुटा, ३ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच आज झडप भएको छ । क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप हुँदा दुई जना प्रदर्शनकारी घाईते भएका छन् । झडपका क्रममा धनकुटा–६ का जेसिज श्रेष्ठको टाउको फुटेको छ भने अजित पाख्रीनको हातमा चोट लागेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिए । प्रहरीले सुरक्...
३८ बर्षपछि खाल्साका शहीद परिवारमा खुशीयाली

३८ बर्षपछि खाल्साका शहीद परिवारमा खुशीयाली

धनकुटा, २८ पुस । पञ्चायती ब्यवस्था बिरुद्ध लडेर ज्यान गुमाएका अभिभावकलाई चार दशक बित्न लाग्दासमेत राज्यले शहीद घोषणा नगर्दा निरास बनेका छिन्ताङका शहीदपुत्र बलराम राई शुक्रवार एकाएक खुशीले भक्कानिए । आफ्ना वावु पुत्रमानसहित छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई ३८ बर्षपछि सरकारले शहीद घोषणा गरेको खबर सुनेपछि राईमा खुसीको सीमानै रहेन । ‘यो खबर सुन्दा खुशीले मन थाम्नै सकिन ।’ भक्कानिदै राईले ...
धनकुटामा प्रादेशिक राजधानी माग्दै चक्काजाम (फोटो फिचरसहित)

धनकुटामा प्रादेशिक राजधानी माग्दै चक्काजाम (फोटो फिचरसहित)

धनकुटा, २५ पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले आज कोशी राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन् । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको जिरोपईन्टमा मध्यान्ह १२ देखि १ बजेसम्म चक्काजाम गरिएको हो । चक्काजामका कारण दर्जनौ सवारी साधन रोकिएर बसेका थिए । फोकल्याण्डटापुदेखि रमाईलोघुम्तीसम्म सवारी साधनको लाम थियो । राजधानी घोषणा गर्न माग गर्दै २६ दिनयता न...
धनकुटेलीले घोषणा गरे प्रादेशिक राजधानी

धनकुटेलीले घोषणा गरे प्रादेशिक राजधानी

धनकुटा, २३ पुस । धनकुटाबासीले जिल्लालाई १ नम्बर प्रदेशको राजधानी स्वःघोषणा गर्दै सरकारी कार्यालयमा प्रदेश प्रमुखको कार्यालयसहित ११ मन्त्रालयको साईनबोर्ड राखेका छन् । प्रादेशिक राजधानीको माग गर्दै आन्दोलित जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी स्वःघोषणा गर्दै सरकारी कार्यालयहरुमा मन्त्रालयको साईनबोर्ड टासेका हुन् । शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयले भौतिक संरचनाको अध्ययन गरी मन्त्रालय...
धनकुटामा मध्यरातमा यस्तो अवस्थामा भेटिए बन्दकर्ता (फोटो फिचरसहित)

धनकुटामा मध्यरातमा यस्तो अवस्थामा भेटिए बन्दकर्ता (फोटो फिचरसहित)

धनकुटा, २१ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आवहन गरिएको आमहड्ताल सफल बनाउँन बन्दकर्ताहरु रातभर पनि खटिने गरेका छन् । बन्दकर्ताहरु सडकमै त्रिपाल ओछ्याएर बस्ने गरेका छन् । संगालोखबरले शुक्रबार राती गरेको स्थलगत अनुगमनका क्रममा यस्तो पाईयो :  धनकुटाको जिरोपईन्टमा राती १० बजेसम्म पनि दर्जनौ बन्दकर्ताहरु उपस्थित थिए । सडकवीचमा आगो बालिएको थियो । ओरपर त्रिपाल ओछ्याएर बसेका ...
सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी, प्रहरीसँग घम्साघम्सी (भिडियोसहित)

सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी, प्रहरीसँग घम्साघम्सी (भिडियोसहित)

धनकुटा, २० पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले आज प्रहरीको सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका जिल्लाबासीले कर्मचारीलाई बाहिर निकालेर कार्यालयमा ताला लगाएका हुँन । तालाबन्दी गर्ने क्रममा प्रहरी र आन्दोलनकारीवीच घम्साघम्सी भएको छ । आक्रामक रुपमा प्रस्तुत...
धनकुटामा रित्तो थाल ठटाएर राजधानी माग (फोटो फिचरसहित)

धनकुटामा रित्तो थाल ठटाएर राजधानी माग (फोटो फिचरसहित)

धनकुटा, १६ पुस । धनकुटामा प्रादेशिक राजधानी माग गर्दै आज जिल्लाबासीले रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् । १ नम्बर प्रदेशको राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत जिल्लाबासीले सांकेतिक रुपमा रित्तो थाल ठटाउँदै धनकुटा बजारमा प्रदर्शन गरेका हुँन् । राजधानी नभएमा धनकुटाबासीको थाल रित्तो हुँने संकेत गर्दै सरकारको ध्यानाकर्षण गराउँन रित्तो थाल जुलुश प्रदर्शन गरिएको हो ।राजनीतिक दलका नेताहरुको अगुवा...
धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटा, ११ पुष । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा करिव दुई महिना अघि शंकास्पद अवस्थामा भेटिएको वेवारिसे शवको अझै सनाखत हुँन सकेको छैन । शरिरमा चोटपटक लागेको र वरिपरी रगत तलपतिएको अवस्थामा गत कात्तिक २५ गते सडकको नालिमा करिव ३० बर्षीया युवातीको वेवारिसे शव फेला परेको थियो । घटनास्थल र लाशको प्रकृतिका आधारमा हत्या गरेर फलिएको हुँनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो । तर, फेला परेको दुई ...
बेलहारामा विमानस्थल बनाउँन डीपीआरको तयारी

बेलहारामा विमानस्थल बनाउँन डीपीआरको तयारी

धनकुटा, १० पुस । धनकुटाको बेलहाराडाँडामा बिमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउँने तयारी गरिएको छ । बिमानस्थल निर्माणका लागि बजेट बिनियोजन भएपश्चात डीपीआरसँगै बातावरणीय परीक्षण (ईआईए) समेत गर्ने तयारी गरिएको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण डीपीआर तयार गर्न केहि ढिलाई भएपनि अव केहि दिनभित्रै डीपीआरको काम सुरु हुँने बिमानस्थल निर्माणमा पहल गर्दै आएका धनकुटाका प...
प्रादेशिक राजधानी माग गर्दै धनकुटामा सातौ दिन पनि प्रदर्शन (फोटो फिचरसहित)

प्रादेशिक राजधानी माग गर्दै धनकुटामा सातौ दिन पनि प्रदर्शन (फोटो फिचरसहित)

धनकुटा, ६ पुस । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले बिहीबार पनि बृहत प्रदर्शन गरेका छन् । हरेक हिसावले उपयुक्त रहेरपनि सरकारले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन आनाकानी गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका जिल्लाबासीले सातौ दिनपनि प्रदर्शनलाई जारी राखेका हुन । राजधानी घोषणाका लागि दवावमूलक नार...
पाख्रीबासको तीन थुने गुफाको चर्चा चुलिंदै

पाख्रीबासको तीन थुने गुफाको चर्चा चुलिंदै

धनकुटा, ६ पुस । ओझेलमा परेको पाख्रीबास–२ स्थित तीनथुने गुफाको चर्चा क्रमश चुलिदै गएको छ । विगतमा स्थानीयस्तरमा मात्र सिमित रहेको गुफा क्रमश पछिल्लो समय अन्यत्र पनि चर्चित बन्दै गएपछि स्थानीयबासी उत्साहित बनेका छन् । पहाडको माथिल्लो भागमा रहेको पौराणिक महत्व बोकेको गुफाबारे पर्यटकीय दृष्टिले महत्व राख्ने भएकोले माघे संक्रान्तिमा मेला लगाउने तयारी गरिएको स्थानीयबासी दिलबहादुर तामाङले संगालोखबरलाई ब...
error: Content is protected !!