संगालोखबर


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा सचिव पदका उम्मेदवार महेश बस्नेत र छविलाल विश्वकर्माले हालसम्म बराबरी मत प्राप्त गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बस्नेत र विश्वकर्माले बराबरी ३११/३११ मत पाएका छन् । यस्तै पद्मा कुमारी अर्यालले ३०५ मत प्राप्त गर्दा शेरधन राईले ३०० मत ल्याएका छन् ।

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका हिक्मत कुमार कार्कीले २७४, यामलाल कँडेलले २५९, खगराज अधिकारीले २७९, राजन भट्टराईले २३५, भानुभक्त ढकालले २२५ र  गोकुल प्रसाद बाँस्कोटाले १९२ मत प्राप्त गरेका छन् ।

यसैगरी ठाकुर प्रसाद गैरेले १७५, रचना खड्काले १५९, विनोद ढकालले १४८, लालबाबु पण्डितले १५०, अग्नि प्रसाद खरेलले १३९, कृष्ण गोपाल श्रेष्ठले ११४, पुरुषोत्तम पौडेलले १८६, पेम्बा लामाले ८५ र इन्द्रलाल सापकोटाले ७४ मत पाएका छन् । अहिले मतगणना जारी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!