एसीसी यू-१६ : मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य
विराटनगर । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ ।
क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेशिया ४३ ओभर १ बलमा ९० रन बनाउँदै अलआउट भयो । मलेसियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाउँदा नेपालका अभय यादवले ४ र शुभम् खनालले ३ विकेट लिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहे...































