अंकित भट्टराई

Advertisement

विराटनगर । फिफा क्लब विश्वकप आजबाट सुरु भएको छ । संयुक्त राज्य अमेरिकामा सुरु भएको प्रतियोगिताको उद्‌घाटन खेलमा इन्टर मियामी सीएफ र इजिप्टको अल अहली एससीबीच गोलरहित बराबरी भएको छ ।

हार्डरक स्टेडियममा भएको खेलमा लियोनेल मेस्सी, सर्जियो बुस्केट्स र लुइस सुवारेज जस्ता विश्वप्रसिद्ध खेलाडीहरू पनि सहभागि थिए । इन्टर मियामीका गोलकिपर ओस्कार उस्तारीले पहिलो हाफमा पेनाल्टी रोकेर गोल हुनबाट जोगाए । मेस्सीले दोस्रो हाफमा पोस्ट अट्याक गरेपनि गोल हुन सकेन । ६५ हजार दर्शकहरूले भरिएको स्टेडियममा खेल निकै रोमाञ्चक थियो ।

अब, आज राती ९ः४५ बजेदेखि एफसी बायर्न म्युनिक र अकल्याण्ड सिटी एफसी तथा १२ः४५ बजेदेखि पेरिस सेन्ट–जर्मेन र एट्लेटिको म्याड्रिड खेल हुदैछ । नेपालबाट दर्शकहरूले फिफा क्लब विश्वकपका सबै खेलहरू निःशुल्क रूपमा अनलाइनमार्फत हेर्न सक्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!