मोरङले जित्यो बहिरा क्रिकेट प्रतियोगिताको उपाधि 

मोरङले जित्यो बहिरा क्रिकेट प्रतियोगिताको उपाधि 

विराटनगर ।  कोशी प्रदेश स्तरीय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदानमा आज भएको खेलमा सुनसरीलाई ७ विकेटले हराउँदै मोरङले उपाधी जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनायो । सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खड्काले ११ रन बनाए । मोरङका मनोज रायले ३ विके...
धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा भएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महालक्ष्मी नगरपालिका प्रथम भएको छ । पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी खेलमा विजयी भई महालक्ष्मी प्रथम भएको हो । १४ औं संस्करणमा पनि सर्वाधिक पदक जित्दै महालक्ष्मी प्रथम भएको थियो । महालक्ष्मीले सर्वाधिक ३१ स्वर्ण, २५ रजत र ८ कांस्य गरी जम्मा ६...
राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आजबाट १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । चौबिसे गाउँपालिकाको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समितिले स्थानीय पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गरेको हो । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बेलुन उडाएर प्रतियोगिता उद्‌घाटन गरेका छन् । प्रतियोगिता उद्‌घाटन गर्दै स...
कोशी प्रदेशमा विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइयो

कोशी प्रदेशमा विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइयो

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको छ । आज विराटनगरमा बृहत् र्‍यालीसहित विभिन्न कार्यक्रम गर्दै बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको हो । सहिद रंगशालाबाट सुरु भएको र्‍याली हस्पिटलचोक, जलजला चोक, गोल्छा चोकहुँदै बोर्डको कार्यालयमा पुगेको थियो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजाला...
सप्तरीको नमोबुद्धले जित्यो भीमनारायण गोल्डकपको उपाधि

सप्तरीको नमोबुद्धले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । सप्तरीको नमोबुद्ध युथ फुटबल क्लबले १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको फाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ट्राइबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि चुमेको हो । नमोबुद्धलाई उपाधि दिलाउन ट्राइबेकरमा सनम धिमाल, आयुष मगर, हेमन्त भुजेल, विवेक राई र प्रवेश दनुवारले गोल गरे । गाईघाटका निश्चल मोक्तान, आकाश राई र प्र...
भीमनारायण गोल्डकप : उपाधिका लागि आज गाइघाट र नमोबुद्ध भिड्दै

भीमनारायण गोल्डकप : उपाधिका लागि आज गाइघाट र नमोबुद्ध भिड्दै

धनकुटा । १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधिका लागि उदयपुरको गाइघाट फुटबल क्लब र नमोबुद्ध क्लब सप्तरी आमनेसामने हुँदैछन् । धनकुटाको तल्लो टुँडिखेलमा आज दिउँसो हुने फाइनल खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । गाइघाटले सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने बिर्तामोड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै ...
भीमनारायण गोल्डकप: एपीएफलाई हराउँदै गाइघाट उपाधि नजिक

भीमनारायण गोल्डकप: एपीएफलाई हराउँदै गाइघाट उपाधि नजिक

धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको उपाधि नजिक पुगेको छ । आज भएको अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै गाइघाट फाइनल प्रवेश गरेको हो । खेल सुरु भएको एक मिनेट बित्न नपाउँदै एपीएफका युवराज खड्काले गोल गरेर टिमको खाता खोले । मध्यान्तरअघि एपीएफले १-० को अग्रता कायम राख्न सफल भयो । खेलको ६० औं मिनेटमा गाइघाटका किस्...
भीमनारायण गोल्डकप : आजको अन्तिम सेमिफाइनलमा एपीएफ र गाइघाट भिड्दै

भीमनारायण गोल्डकप : आजको अन्तिम सेमिफाइनलमा एपीएफ र गाइघाट भिड्दै

विराटनगर । सहिद भीमनारायण गोल्डकप अन्तरगत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । आजको अन्तिम सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र गाइघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । धनकुटाको तल्लो टुँडिखेलमा ३ः३० बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । सुनसरीको ब्वाइज फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै गाइघाटले सेमिफाइनल यात्रा तय गरेको थियो भने मोरङको बेलबारी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्द...
भीमनारायण गोल्डकपः साविक विजेता बिर्तामोडलाई हराउँदै नमोबुद्ध पुग्यो फाइनलमा

भीमनारायण गोल्डकपः साविक विजेता बिर्तामोडलाई हराउँदै नमोबुद्ध पुग्यो फाइनलमा

धनकुटा । साविक विजेता बिर्तामोड युनाइटेड क्लब झापालाई पराजित गर्दै नमोबुद्ध युथ फुटबल क्लब सप्तरी सहिद भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो । नमोबुद्धलाई जित दिलाउन टिम क्याप्टेन सिर्जनराज गौतमले दुई र मोहित गुरुङले एक गोल गरे । खेलको १४ औं मिनेटमा मोहितले गोल गर...
मोरङले लगातार तेस्रो पटक जित्यो इक्युवालिटी कप क्रिकेटको उपाधि

मोरङले लगातार तेस्रो पटक जित्यो इक्युवालिटी कप क्रिकेटको उपाधि

विराटनगर । चौथो संस्करणको ‘इक्युवालिटी  कप क्रिकेट २०२५’ को उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगर ६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा आज भएका फाइनल सप्तरीलाई ८ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । मोरङ पहिलो संस्करणमा झापासँग पराजित भएको थियो भने त्यसपछि लगातार उपाधि जित्दै आएको छ । टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै...
भीमनारायण गोल्डकप : पहिलो सेमिफाइनलमा आज बिर्तामोड र सप्तरी भिड्दै

भीमनारायण गोल्डकप : पहिलो सेमिफाइनलमा आज बिर्तामोड र सप्तरी भिड्दै

विराटनगर । धनकुटामा जारी १७ औं संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछन् । आजको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब, झापा र नमोबुद्ध युथ फुटबल क्लब, सप्तरी आमनेसामने हुनेछन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ः३० बजेबाट खेल सुरु हुनेछ । तेस्रो क्वार्टरफाइनलमा काठमाडौंको चित्लाङ्ग फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै बिर्त...
भीमनारायण गोल्डकप : बेलबारीको आत्मघाती गोलले एपीएफ पुग्यो सेमिफाइनलमा

भीमनारायण गोल्डकप : बेलबारीको आत्मघाती गोलले एपीएफ पुग्यो सेमिफाइनलमा

धनकुटा । मोरङको बेलबारी फुटबल क्लबका खेलाडीले आत्मघाती गोल गर्दा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । तल्लो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारीलाई ३-२ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनल पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिम २-२ गोलको बराबरीमा थिए । खेलमा थपिएको अतिरिक्त ४ मिनेटको समयमा बेलबारीका विकु ...
भीमनारायण गोल्डकपमा दर्शकको घुँइचो (फोटो फिचर)

भीमनारायण गोल्डकपमा दर्शकको घुँइचो (फोटो फिचर)

धनकुटा । धनकुटामा जारी १७ औँ संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हेर्न दर्शकको घुँइचो लाग्न थालेको छ । चैत १७ गतेदेखि सुरु भएको प्रतियोगिता प्रति फुटबलप्रेमीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । आज भएको सशस्त्र प्रहरी बल (एपीएफ) र बेलबारी फुटबल क्लब, मोरङबीचको प्रतिस्पर्धात्मक खेल हेर्न तल्लो टुँडिखेलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । खेलको रोमाञ्चक माहोलले दर्शकलाई अझै उत...
भीमनारायण गोल्डकपमा साविक विजेता बिर्तामोडको विजयी सुरुवात

भीमनारायण गोल्डकपमा साविक विजेता बिर्तामोडको विजयी सुरुवात

धनकुटा । साविक विजेता टोली बिर्तामोड युनाइटेडले धनकुटामा जारी १७ औं संस्करणको भीमनारायण गोल्डकपमा विजयी सुरुवात गरेको छ । तल्लो टुँडिखेलमा आज भएको तेस्रो क्वाटरफाइनलमा चित्लाङ्ग फुटबल क्लब काठमाडौंलाई ३-१ गोल अन्तरले हराउँदै बिर्तामोडले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडले गत बैशाखमा सम्पन्न १६ औं संस्करणको भीमनारायण गोल्डकपको उपाधि चुमेको थियो । १७ औं संस्करणमा पनि आफ्नो पहिलो खेलमा शा...
भीमनारायण गोल्डकपः सुनसरीलाई हराउँदै उदयपुर सेमिफाइनल प्रवेश

भीमनारायण गोल्डकपः सुनसरीलाई हराउँदै उदयपुर सेमिफाइनल प्रवेश

धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको खेलमा सुनसरीको ब्वाइज फुटबल क्लबलाई १-० गोलले हराउँदै उदयपुरले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको १६ औं मिनेटमा उदयपुरका जर्सी नम्बर १० का फोफानाले गरेको एक मात्र गोल नै टिमलाई जित दिलाउन पर्याप्त बन्यो । गोल गर्न नसक्दा प्रतियोगिताबाट सुनसरी बाहिरिएको छ । ...
भीमनारायण गाेल्डकप : आज ब्वाइज इटहरी र गाईघाट फुटबल क्लब भिड्दै

भीमनारायण गाेल्डकप : आज ब्वाइज इटहरी र गाईघाट फुटबल क्लब भिड्दै

धनकुटा । सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करण अन्तरगत आजकाे खेलमा ब्वाइज फुटबल क्लब इटहरी र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिष्पर्धा हुँदै छ । खेल अपराह्न चार बजेबाट सुरू हुनेछ । सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि जारी प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टिमको सहभागिता छ । उद्घाटन खेलबाटै आयोजक सहिद भीमनारायण स्मृति धनकुटा प्रतियोगिताबाट बाहिरीएको छ । सप्तरीको नम...
भीमनारायण गोल्डकप: आयोजक धनकुटालाई हराउँदै सप्तरीको विजयी सुरुवात

भीमनारायण गोल्डकप: आयोजक धनकुटालाई हराउँदै सप्तरीको विजयी सुरुवात

धनकुटा । सप्तरीको नमोबुद्ध युथ फुटबल क्लबले सहिद भीमनारायण गोल्डकपमा विजयी सुरुवात गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आजबाट सुरु भएको प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक सहिद भीमनारायण प्रतिष्ठान धनकुटालाई ३-१ गोल अन्तरले पराजित गर्दै नमोबुद्धले विजयी सुरुवात गरेको हो । खेलको १७ औं मिनेटमा नमोबुद्धका जर्सी नम्बर ६ का निर्मल घिसिङले गोल गर्दै टिमको खाता खोले । ३२ औं मिनेटमा नमोबुद्धका जर्सी नम्ब...
यसरी भयो भीमनारायण गोल्डकपको उद्‌घाटन (फोटो फिचर)

यसरी भयो भीमनारायण गोल्डकपको उद्‌घाटन (फोटो फिचर)

धनकुटा । धनकुटामा आजबाट सुरु भएको भीमनारायण गोल्डकपको पहिलो खेलमा आयोजक धनकुटा र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीबीच प्रतिष्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म दुबै टोलीले गोल गर्न सकेका छैनन् । तस्बिरमा हेर्नुहोस् आजको उद्‌घाटन समारोह– तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
धनकुटामा भीमनारायण गोल्डकप सुरु

धनकुटामा भीमनारायण गोल्डकप सुरु

धनकुटा । धनकुटामा आजबाट भीम नारायण गोल्डकप सुरु भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा १७ औं संस्करणको गोल्डकप आजबाट सुरु भएको हो । धनकुटाको तल्लो टुँडिखेलमा प्रतियोगिता भइरहेको छ । आजको पहिलो उद्‌घाटन खेलमा आयोजक धनकुटा र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा आठ टिमको सहभागिता छ । चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले सात लाख र...
विराटनगरमा सोमबारदेखि इक्युवालिटी कप क्रिकेट हुँदै

विराटनगरमा सोमबारदेखि इक्युवालिटी कप क्रिकेट हुँदै

विराटनगर । विराटनगरमा सोमबार देखि चौथो संस्करणको इकयुवालिटी कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा मयारिलिबोन क्रिकेट क्लब र क्रिकेट विथआउट बाउन्ड्रिजसँगको सहयोगमा प्रतियोगिता हुन लागेको हो । विराटनगर-६ स्थित ‘म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड’ मा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रति...
भोजपुरले जित्यो सहिद प्रकाश थापा स्मृति कप भलिबलको उपाधि 

भोजपुरले जित्यो सहिद प्रकाश थापा स्मृति कप भलिबलको उपाधि 

धनकुटा । पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका-१ स्थित घंगरुमा शनिबार सम्पन्न खेलमा मोरङको बेलबारी नगरपालिकालाई हराउँदै षडानन्दले उपाधि जितेको हो । बेलबारीलाई २५-१८, २५-२१, २२-२५ र २५-२१ को सेटमा षडानन्दले हराएको थियो । विजेता बन्दै षडानन्द नगरपालिकाले एक लाख २१ हजार र उप...
भिमनारायण गोल्डकपको तयारी पुरा

भिमनारायण गोल्डकपको तयारी पुरा

धनकुटा । धनकुटामा आगामी चैत १७ गतेबाट सुरु हुने भिमनारायण गोल्डकपको तयारी पूरा भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा हुन लागेको १७ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगितामा आयोजकसँगै सप्तरीको नमो बुद्ध युथ फुटबल क्लब, काठमाडौको चितलाङ्ग फुटबल क्लब र झापाको बिर्तामोड युनाइटेड क्...
धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने

धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने

धनकुटा । धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने भएको छ । जिल्ला भलिबल सङ्घ धनकुटाको आयोजनामा उत्सव हुन लागेको हो । धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा हुने उत्सवमा जिल्लाका ६० वटै वडाका पुरुष तथा महिला भलिबल खेलाडीको सहभागिता हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । उत्सव अन्तरगत वडा र पालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष गौरव कार्क...
धनकुटामा सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिता सुरु

धनकुटामा सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ घंगरुमा अन्तरपालिका खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सहिद प्रकाश थापा स्मृति ट्रष्टको आयोजना तथा गाउँपालिकाको सहयोगमा बुधबारबाट पाँचौँ संस्करणको प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले उद्‌घाटन गरेका थिए । उद्घाटन खेलमा आयोजकलाई साँगुरीगढी गाउँपालिकाले १५-२५, २५-१८, २५-२० र २६-२४ ले हराउँदै पहिलो ...
प्रदेश स्तरीय क्रिकेटको उद्घाटन खेलमा उदयपुर विजयी

प्रदेश स्तरीय क्रिकेटको उद्घाटन खेलमा उदयपुर विजयी

विराटनगर । कोशी प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिको उद्घाटन खेलमा उदयपुर विजयी भएको छ । विराटनगर–१९ बैजनाथपुर क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगितामा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो । पहिलो जितसँगै उदयपुरले दुई अंक जोडेको छ । ८६ रनको विजय लक्ष्य पछ्याएको इलामले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो । इलामका श्याम यादवले २४ बलमा १४ रन बनाए । इलामका अन्य ब...
साँगुरीगढीमा बैशाख १७ गतेदेखि डाँडाबजार गोल्डकप

साँगुरीगढीमा बैशाख १७ गतेदेखि डाँडाबजार गोल्डकप

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजारमा आगामी बैशाख १७ गतेदेखि चौथो संस्करणको डाँडाबजार गोल्डकप हुने भएको छ । डाँडाबजार फुटबल क्लबको आयोजना तथा साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृति कोष डाँडाबजार ब्रदरहुडको सह-प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आज आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता डाँडाबजारको खेल मैदानमा हुने जनाएको छ । ‘डाँडाबजारको सान : खेलकुद त...
थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

विराटनगर । थ्रीस्टार क्लबले ९  औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठले खेल सुरु भएको पाँचौँ मिनेट र दिपेश घलेले ६३ औं मिनेटमा गोल गरे । उपाधिसँगै थ्री स्टारले नगद ११ लाखसहित ...
विराट गाेल्डकप : फाइनल खेलकाे पहिलाे हाफमा चर्च ब्वाइजविरूद्ध थ्री स्टारकाे एक गाेल

विराट गाेल्डकप : फाइनल खेलकाे पहिलाे हाफमा चर्च ब्वाइजविरूद्ध थ्री स्टारकाे एक गाेल

विराटनगर । विराट गाेल्डकपकाे फाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टारले अग्रता बनाएकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी खेलमा थ्री स्टारले चर्च ब्वाइज युनाइटेडविरूद्ध एक गाेल गरेकाे हाे । थ्री स्टारका लागि खेलकाे ५ औं मिनेटमा खेमराज श्रेष्ठले गाेल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलकाे पहिलाे हाफमा चर्च ब्वाइजले थुप्रै अवसर पाएपनि सदुपयाेग गर्न सकेनन् । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उ...
अरनिको कलेजले जित्यो हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि 

अरनिको कलेजले जित्यो हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि 

विराटनगर  । कोशी प्रदेश स्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर स्थित अरनिको कलेजले जितेको छ । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा भएको प्रतियोगितामा ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गर्दै अरनिकोले उपाधि जितेको हो । अरनिकोले गतमाघ १५ गते विराटनगरमा सम्पन्न भएको मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई नै पराजित गरि उपाधि जितेको थियो । विराटनगरको बैजन...
विराट गोल्डकप फाइनलमा चर्च ब्वाइज र थ्री स्टारको पहिलो भेट, कसले जित्ला उपाधि ?  

विराट गोल्डकप फाइनलमा चर्च ब्वाइज र थ्री स्टारको पहिलो भेट, कसले जित्ला उपाधि ?  

विराटनगर । नवौँ विराट गोल्डकपको उपाधिका लागि आज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब आमनेसामने हुँदैछन् । विराटनगरको सहिद रङ्गशालामा साँझ ६ः३० बजेबाट सुरु हुने फाइनलमा दुबै टोली उपाधि जित्ने दाउमा छन् । यो सिजन मोफसलमा भएका प्रतियोगितामा दुई टोलीबीच आजमात्रै भेट हुन लागेको हो । सिजनमा थ्री स्टार पहिलो पटक फाइनलमा पुगेको हो भने चर्च ब्वाइज आठ पटक फाइनलमा प...
विराट गोल्डकप : थ्री स्टार दोश्रो र चर्च ब्वाइज पहिलो पटक उपाधि जित्ने दाउमा 

विराट गोल्डकप : थ्री स्टार दोश्रो र चर्च ब्वाइज पहिलो पटक उपाधि जित्ने दाउमा 

विराटनगर । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब नवौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधि चुम्ने दाउमा छन् । विराटनगरको सहिद रङ्गशालामा भोलि साँझ ६ः३० बजेबाट हुने फाइनल खेलमा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । थ्री स्टार विराट गोल्डकपको पूर्व विजेता टोली हो भने चर्च ब्वाइज पहिलो पटक उपाधि जित्ने दाउमा छ । मच्छिन्द्र र त्रिभुवन आर्मीलाई निराश बनाउँ...
error: Content is protected !!