संगालोखबर


विराटनगर । एसीसी मेन्स यू-१६ इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई तीन सय ५९ रनको लक्ष्य दिएको छ । मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको हो ।

नेपालका लागि रौनक श्रीवास्तवले शतक बनाए । उनले एक सय ३२ बलमा एक सय ६८ रन बनाउँदा जोय थापाले अविजित ६१, सिवान्स बजगाईँ ५४ र सुगम बूढाथोकीले ३५ रन बनाए । भुटानका सञ्जय डोर्जीले तीन र तेन्जिङ लोडे जमत्सोले एक विकेट लिए । भुटानले केहीबेरमा जबाफी ब्याटिङ गर्दैछ ।

Advertisement

अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!