डेङ्गी सङ्क्रमणले चितवनमा एक जनाको मृत्यु
चितवन । डेङ्गी सङ्क्रमणका कारण चितवनमा १ जनाको मृत्यु भएको छ । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीका अनुसार भरतपुर महानगरपालिका–२ का १ जना पुरुषको भदौ १५ गते उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष छन् । डेङ्गी सङ्क्रमणका कारण यो आर्थिक वर्षमा चितवनमा भएको यो पहिलो मृत्यु हो ।
...






























