७५ जनाको आँखाको शल्यक्रिया
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका ७५ जना बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । चौबिसे गाउँपालिकाले ९ दिन शिविर सञ्चालन गरेर पालिका क्षेत्रका आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गराएको हो ।
डा.रामप्रसाद पोखरेल आँखा अस्पताल, नेत्र ज्वती संघ र सेभा फाउण्डेसनसँग सहकार्य गरेर गाउँपालिकाले बिभिन्न वडामा चैत १० देखि १९ गतेसम्म आँखा शिविर सञ्चालन गरेको थियो । वडा–वडामा शिविर सञ्चालन गरे...






























