संगालोखबर
फाइल तस्बिर

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जलेका बिरामीहरूको उपचार थाल्ने तयारी गरेको छ । जलनको उपचारका लागि छुट्टै सेन्टर सञ्चालन गरेर उपचार थाल्ने तयारी गरिएको हो । प्रतिष्ठानमा अहिले छुट्टै भवनबाट बर्न सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारका अनुसार करिब एक महिनाभित्र बर्न सेन्टर सञ्चालन हुनेछ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको छ । भौतिक पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ ।

Advertisement

जलनको उपचारलाई जटिल मानिन्छ । अहिले सङ्घीय राजधानीमा मात्र जलनको उपचार हुँदै आएको छ । जसका कारण कोशी प्रदेशमा आगलागी तथा अन्य घटनामा परी जलेका बिरामीहरूलाई उपचारका लागि राजधानी लैजानुपर्ने बाध्यता छ ।

स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा जलन उपचारको व्यवस्था मिलाउने निर्णय गरेपछि कोशी प्रदेशको धरानमा पनि उपचार थाल्ने तयारी गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!