संगालोखबर


धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको पहलमा धनकुटा अस्पतालमा रिभर्स ओस्मोसिस (आरओ) प्लान्ट ल्याइएको छ । डायलाइसिस सेवालाई थप व्यवस्थित बनाउन सांसद राईको पहलमा स्वास्थ्य सेवा विभागबाट आरओ प्लान्ट ल्याइएको हो ।

२०८० जेठ १२ गते धनकुटा अस्पतालमा पाँच वटा हेमोडायलाइसिस मेसिन ल्याइएर मृगौला रोगीहरूको डायलाइसिस गरिदै आएको छ । मृगौला ‘फेल’ भएपछि बिरामीको रगत सफा गर्न डायलाइसिस गर्नुपर्छ । सो क्रममा प्रयोग हुने पानी बिरामीको रगतसम्म पुग्छ । आरओ प्लान्ट मेसिनले सोही पानीलाई शुद्ध बनाउने काम गर्दछ ।

Advertisement

यसअघि धनकुटा अस्पतालमा एउटा मात्र आरओ प्लान्ट मेसिन थियो । अब, पाँच सय लिटर/घण्टा क्षमताको अर्को प्लान्ट थप भएकाले डायलाइसिस गर्न थप सहज हुने धनकुटा अस्पतालका प्रमुख सन्तोष राईले बताए । धनकुटा अस्पतालमा अहिले ६ जनाको डायलाइसिस हुँदै आएको छ ।

धनकुटा अस्पतालबाट स्तरीय उपचार सेवा प्रवाहका लागि सांसद राईले पहल गर्दै आएका छन् । अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिपर्ने सांसद राईले उल्लेख गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!