विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् ।
मोरङको कटहरी गाउँपालिका-२ स्थित हल्दीबारीमा दुई अर्ब लगानीमा निर्माण भएको सामुदायिक अस्पतालको आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अस्पतालले विपन्न र आर्थिक अवस्था कमजोर भएको समुदायलाई सरल र सहज उपचार सेवा दिने विश्वास व्यक्त गरे । उनले समुदायको सहयोगमा सुविधासम्पन्न अस्पताल बन्नु गौरवको कुरा भएको उल्लेख गरे ।
उनले युवालाई उद्यमशील बन्न प्रेरित गरे समृद्धि हासिल गर्न कठिन नहुने उल्लेख गरे । सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले बताए । उनले विपन्न वर्गलाई सहुलियत दरमा उपचार गरिने उल्लेख गरे ।