
काठमाडौँ । सांसद डा.सुनिल शर्माको काठमाडौँ मेडिकल कलेजले जेनजी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । उपचारका क्रममा लाग्ने औषधी र औषधिजन्य सामग्री व्यक्ति स्वयंले बेहोर्नुपर्नेछ ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोध गर्दै युवा पुस्ता (जेनजी) ले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते भएका छन् ।

संगालोखबर 













