संगालोखबर


विराटनगर । आजदेखि सरकारले राष्ट्रिय डेङ्गी सचेतना अभियान शुरु गरेको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीनै तहका सरकार, सबै मन्त्रालय र सांसदको सहभागितामा अभियान सञ्चालन हुनेछ ।

Advertisement

जसमा ‘हरेक शुक्रवार सफा शुक्रवार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम छ ।

यस्तै दोस्रो कार्यक्रम अन्तर्गत ‘हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट’ भन्ने सन्देशसहित समुदायको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन हुनेछ ।

हरेक वडामा घरदैलो कार्यक्रम अभियान, पोष्टर तथा सञ्चारमाध्यमद्वारा डेङ्गीको जोखिम, लक्षण र रोकथामबारे जनचेतना अभियान सञ्चालन गर्ने कार्यक्रम छ । यसवर्ष हुम्ला, डोल्पा, मनाङ र रसुवाबाहेकका ७३ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!