संगालोखबर

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा जीवन विकास सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाजले दुई अर्ब लगानी गरेर दुई सय बेडको सामुदायिक अस्पताल निर्माण गरेको हो ।

Advertisement

अस्पताल प्रशासनले आज पत्रकार सम्मेलन गरेर यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल उद्‌घाटन गर्ने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नं.५ का प्रतिनिधि सभा सदस्य एवं अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलले विपन्न बिरामीहरूलाई सहज र सहुलियत दरमा उपचार सेवा प्रदान गर्न अस्पताल निर्माण गरिएको जानकारी दिए ।

अस्पतालमा आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकबाट दैनिक ओपीडी, नर्मल तथा पेनलेस डेलिभरि, जेनेरल तथा दुरबिनबाट शल्यक्रिया लगायत उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.आरके मण्डलका अनुसार विशेष उपचारका लागि आइसीयु, एनआईसीयू, सीसीयू, एचडीसीयू, पीआईसीयू लगायत उपचार कक्ष पनि निर्माण गरिएको छ ।

उपचारका लागि अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने अस्पतालको रुपमा एकै पटक ठूलो लगानीमा खुलेको यो नेपालको पहिलो अस्पताल भएको अस्पताल प्रशासनको दावी छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकसहित करिब दुई सय जनाले रोजगारी पाएका छन् । अहिले सबै बिरामीहरूलाई उपचारमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । २० बिगाहा क्षेत्रफलमा निर्माण गरिएको सो अस्पतालमा भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!