
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय १५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साले आज सार्वजनिक गरेको विवरण अनुसार १ सय १५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।
मङ्गलबार बेलुका ६ बजेपछि थप १ जनामा हैजा पुष्टि भएको छ । वीरगञ्जमा गएको शुक्रबारयता झाडापखालाको उपचारका लागि ४ सय ९३ जना बिरामी अस्पताल भर्ना भएका थिए । जसमध्ये १ सय १५ जनामा हैजा देखिएको कार्यालयले जनाएको छ ।
जसमध्ये ३९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हैजा सङ्क्रमितसहित झाडापखालाका २ सय ६६ जना बिरामी उपचाररत रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संगालोखबर 













