हेमराज ढकाल
कर्णालीका आँशुले फेरि कर्णालीलाई नै बगाएको छ
भोको पेटलाई खाली हुन पखालाले सघाएको छ

Advertisement

यार्सागुम्बा र स्याउ बेचिएको गाउँ आज पनि रित्तो छ
परदेशमा सन्तान बेच्ने राजधानी चैँ अघाएको छ

शासन र सत्ताले दिएन नागरिकलाई बाँच्न यहाँ
मृत्यु स्वीकारेर बाकसमा, देशले गुन लगाएको छ

अझै पनि एम्बुलेन्स नपाएर सुत्केरी मर्ने देशमा
बरु सरकारले ऋणमा शव–वाहन मगाएको छ

कैयौं जीवनहरू तुइनमा पासो लागेर मर्दै गर्दा
कम्रेडलाई जहाजमा राज्यले छिमेक भगाएको छ

तिम्रा आन्दोलनले ल्याएको परिवर्तनमा प्रश्न राख्दै
गाउँको सिंहदरबारमा अर्काे विचार जगाएको छ

–अरुण गाउँपालिका, भोजपुर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!