ठिक्क मात्र नाफा खाई गर्नु पर्छ व्यापार पनि
पैसा पैसा पैसा हैन सिकौं राम्रो व्यवहार पनि

Advertisement

जन्म दिन्छन् कर्म दिन्छन् सन्तानमै रमाउँछन्
मातापिता देवता हुन् अनि बाँच्ने आधार पनि

प्रमाणपत्र हात पार्दैमा असल मान्छे होइँदैन
पढ पढ मात्र होइन सिकाउनु संस्कार पनि

अन्धाधुन्ध के के न हो नदेखाइ हाल्नुहोस् है
नयाँ हुन्जेल मात्र औधी मिठो हुन्छ प्यार पनि

सही सत्य कमाए नि दशांश दान गर्नु भन्छन्
गोप्य दान उत्तम हुन्छ नगर्नू धेर प्रचार पनि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!