अहिले घाम
आमाको छातीमा नाचिरहेको छ
उहिले आमा भन्नुहुन्थ्यो
सिस्नोका झ्याङहरूमा
फुल्दछ मान्छेको जीवन
मलाई
आदर्श सिकाउने मेरी आमा
ठिक यतिखेर आश्रममा ख्याङ ख्याङ
खोकिरहेकी छिन् ।

Advertisement


कोलम्बसको पैतालामा उभिएर
घटाइरहेछु सगरमाथाको उचाइ
र भाँचिरहेछु आफ्नै हातखुट्टा
किनकि
म आधुनिक दास हुँ !
वर्तमानको लगामले मलाई नै थिचेको छ
म हरेक दिन जीवन बेचेर
निर्लज्ज मृत्युको गीत गाइरहेको हुन्छु
समय यतिखेर
म हिँड्न बाटो भन्दा
पृथक बाटो भएर हिँड्न रुचाउँछ ।

ठिक यतिबेला मेरो देशले मसँग
खोजिरहेछ राष्ट्रियताको हिसाब
म असह्य मानिसको भीडमा
हराएको कुराले
इतिहासलाई बनाएकै छ दुःखी
किन हरेक दिन मेरै दीर्घायुका लागि आमा जपिरहनुहुन्छ
ओम् मणि पद्मे हुँ !
तर म प्रकृतिले बनाइदिएको
रङ्गीन बाटो भत्काएर
हिँडिरहेको छु
गन्तव्य बिर्सने भुलक्कड बटुवाझैँ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!